जाजरकोट, २९ साउन । जाजरकोटको नलगाड नगरपालिका वडा १२ ठुलावगरमा पहिरोले दुई घर पुरिदिएको छ । स्थानीय भविन्द बस्नेत , ककवहादुर बस्नेतको घर पुर्ण रुपमा पुरेको वडा न. १२ का वडा अध्यक्ष लालवहादुर खत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अन्य ५ जना स्थानीयका घरहरु जोखिखमा परेका छन् । घर देखि माथि भिर फुटेर आएको पहिरोले यहाँका स्थानीयहरुका घर पुर्नुका साथै जोखिममा पारेको नेकपा का जिल्ला समिति सदस्य नवराज सिंहले जानकारी दिए ।
पहिरोले रुकुमको गोतामकोट र जाजरकोट ठुलोवगर जोड्ने भेरी नदीको पुल समेत जोखिममा पारेको छ । जाजरकोट डोल्पा सडक खण्डमा पर्ने यो पुल जोखिममा परे संगै समस्य उत्पन्न भएको नलगाड नगरपालिका नगरप्रमुख टेकवहादुर रावलले जानकारी दिए । जाजरकोट, रुकुमबाट डोल्पा जाँने मुख्य पुल नै जोखिममा परेपछि समस्य भएको हो ।
प्रतिक्रिया दिनुहोस्