ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनका विभिन्न स्थानबाट १२ जना प्रहरी नियन्त्रणमा


एबीसी न्यूज
२९ श्रावण २०७५, मंगलबार   २ : ०३   बजे

रत्ननगर, २९ साउन । चितवनका विभिन्न स्थानबाट प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ ।
शान्ति सुरक्षाका लागि रातिदेखि नै खटिएको प्रहरी टोलीले विभिन्न क्षेत्रमा शंकास्पद गतिविधि गरिरहेका उनीहरुलाई पक्राउ गरेको प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो ।

केही व्यक्ति गोजीमा ढुङ्गा र लाइटर बोकेर हिँडेको अवस्थामा, केही बजार बन्द गर्दै हिँडेको अवस्थामा र केहीले शंकास्पद गतिविधि देखाएकाले पक्राउ गरेर अनुसन्धान गरिएको बताइएको छ ।
उनीहरु नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता हो होइन भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच चन्द नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका कारण चितवनको जनजीवन प्रभावित भएको छ ।

लामो दूरीका सवारी साधन चलेका छैनन् भने छोटो दूरीका फाटफुट चलेका छन् । विद्यालय र शैक्षिक संस्था एवं मुख्य बजार तथा कलकारखानासमेत बन्द छ ।
भरतपुरस्थित रिजाल चोकमा शंकास्पद वस्तु भेटिएकाले सो क्षेत्रमा बम निष्क्रिय टोली पठाइएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिनुभयो । प्रहरीले भने सुरक्षा जाँचलाई कडा पारेको जनाइएको छ । जिल्लामा कुनै अप्रिय घटना भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group