ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ सरकारद्वारा नेपाली प्राध्यापक झा पुरस्कृत


एबीसी न्यूज
३० श्रावण २०७५, बुधबार   ४ : ३५   बजे

काठमाडौं ,३० साउन । चीनको सियान सरकारले नेपाली प्राध्यापक डा राजीवकुमार झालाई सन् २०१८ को लागि ‘सियान फ्रेण्डसिप अवार्ड’ नामको पुरस्कार प्रदान गरेको छ । चीनको सान्सी प्रान्तस्थित सियान सरकारद्वारा प्रत्येक दुई वर्षमा दिइने उक्त पुरस्कारका साथ ‘सियान एक्सलेन्ट फरेन एक्सपर्ट अवार्ड’ प्रा डा झासहित विभिन्न नौ देशका १० जना विशिष्ट व्यक्तित्वलाई प्रदान गरिएको हो ।

उक्त पुरस्कार प्राप्त गर्नेमा नेपालका झासहित जर्मनी, मलेसिया, क्यानाडा, ब्राजिल, अमेरिका, जापान, यमन र क्रोएसियाका १० प्रतिभाशाली व्यक्तित्व रहेका छन् । जापानबाट दुई जना विशेषज्ञ परेका छन् । उक्त पुरस्कार ५० हजार आरएमबी (चिनियाँ रकम) राशिसहितको छ । सन् २००९ देखि प्रत्येक दुई वर्षमा प्रदान गरिने सो पुरस्कार प्राप्त गर्ने डा झा पहिलो नेपाली हुनुहुन्छ ।

सियानमा रहेर चीनको आर्थिक, सामाजिक र अन्तर्राष्ट्रिय सम्बन्ध विकासमा विशेष योगदान पु¥याउने विभिन्न क्षेत्रका प्रतिभाशाली विदेशी व्यक्तित्वलाई सियान सरकारले यो पुरस्कार प्रदान गर्ने गर्दछ । सियानमा रहेका करिब १० हजार प्राध्यापक, अनुसन्धानदाता, चिकित्सक, वैज्ञानिक, उद्यमीलगायतका व्यक्तित्वमध्येबाट सन् २०१८ का लागि १० जना छनोट गरिएको बताइएको प्राध्यापक झाले जानकारी दिनुभयो ।

पित्तथैलीको क्यान्सरको प्रकोप कम गर्ने विषयमा चिनियाँ विश्वविद्यालयबाट विद्यावारिधि र त्यसपछि विद्या वाचस्पति (पोस्ट डक) पूरा गरी सियान विश्वविद्यालयमा प्राध्यापनरत प्रा डा झाको नाममा सियान प्रान्तीय सरकारले चार वर्षअघि ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीव कुमार झा’ स्थापना गरेको छ ।

सियान मेडिकल युनिभर्सिटीमा स्थापना गरिएको सो केन्द्रमा क्यान्सर रोगसम्बन्धी अध्ययन, अनुसन्धानका साथै यससम्बन्धी दुई देशबीचको चिकित्सकीय अनुभव आदानप्रदान पनि हुने गरेको छ । प्राध्यापक झा करीब २२ वर्षदेखि चीन बस्दै आउनुभएको छ ।

प्राडा झा हाल चीनका विभिन्न विश्वविद्यालयमा अतिथि प्राध्यापक पनि हुनुहुन्छ । चीनको सान्सी प्रान्तले प्राध्यापक झालाई चीन नेपाल सम्बन्धको विकासमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै केही महिना अघि नागरिक दूत नियुक्त गरेको थियो । गत वर्ष झालाई सियान प्रान्तले नै चिनियाँ बृहत आयोजना ‘वान वेल्ट वान रोड’ सम्बन्धी नेपालमा सञ्चालन गरिने सम्पूर्ण कार्यक्रम हेर्ने दूतका रुपमा पनि नियुक्त गरेको जानकारी झाले दिनुभयो ।

आगामी नोेभेम्बरको अन्तिम साता विशेष समारोहको आयोजना गरेर उक्त पुरस्कार वितवरण गरिने कार्यक्रम रहेको जानकारी सियान सरकारका प्रवक्ताले आफूलाई जानकारी गराएको डा झाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अटोमोबाइल क्षेत्र अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

प्रचण्ड–माधव बैठकपछि बागमती सरकारलाई राहत, ८ सांसद विश्वासको मत दिन सकारात्मक

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu