ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिरोको डरले स्थायी प्रहरी चौकीनै विस्थापित


एबीसी न्यूज
३० श्रावण २०७५, बुधबार   ५ : २०   बजे

डोल्पा,३० साउन । हिमाली जिल्ला डोल्पामा पहिरोको डरले एक स्थायी प्रहरी चौकीन विस्थापित भएको छ । ठुलीभेरी नगरपालिकामा ९ मा पर्ने स्थायी प्रहरी चौकी कालागौँडा पहिरोको डरले बिस्थापित भएको हो ।

पहिरोसँगै आएको ठुलो ढुङ्गाले चौकीको आगन भासिएको छ भने गारोको छेउमा हालिएका काठका रेलिङहरु समेत भाँचिएका छन् । बुधबार बिहान ३ बजे चौकी माथीबाट पहिरो खसेर चौकीमा क्षती पु¥याएकाले चौकी अर्को घरमा सारिएको प्रहरी निरीक्षक शसीराम ओलीले जानकारी दिनुभयो ।

चौकीलाई आशिंक रुपमा क्षती भएपनि निरन्तर पहिरो खसिरहेकाले बस्न नसकिने स्थिती भएपछि चौकी सरेको ओलीले जानकारी दिनुभयो । चौकीका सबै सामानहरु र प्रहरीहरु सरेपनि चौकीको बोर्ड त्यतै रहेको र आईपर्ने प्राकृतिक प्रकोप बिरुद्ध सचेत गराउन प्रहरीलेसुरक्षा दिईरहेको बताईएकोे छ ।

निरन्तरको पहिरोले कालागौँडा बस्तीका दश घर जोखिममा रहेको वडा नं ९ का अध्यक्ष बिरमल भण्डारीले जानकारी दिनुभयो ।

केही घरधनीहरु जोखिमयुक्त ठाँउ छोडेर सुरक्षित ठा“उतर्फ गईसकेको र बाँकी घरहरुलाई त्यता नबस्न सचेत समेत गराईएको उहाँले जानकारी दिनुभयो ।
निरन्तर खसिरहेको पहिरोले आन्तरिक रुपमा चलिरहेको जुफाल दुनै यातायात प्रभावित भएको छ,भने पैदलयात्रीलाई समेत जोखिम बढेको  छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu