ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फौजदारी संहितले प्रेस स्वतन्त्रता हनन गरेको मिडिया सोसाइटीको ठहर


admin
३१ श्रावण २०७५, बिहिबार   ७ : ००   बजे


काठमाडौं, ३१ साउन ।
भोलिदेखि लागु हुने मुलुकी फौजदारी संहिताले प्रेस स्वतन्त्रता हनन गरेको भन्दै नेपाल मिडिया सोसाइटीले आपत्ति जनाएको छ ।

मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कंडेलले आज एक प्रेस विज्ञप्ती जारी गर्दै संहिताको गोपनीयता र गाली बेइज्जतीसम्बन्धी महलका प्रावधानले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने गम्भीर खतरा देखिएको भन्दै आपत्ति जनाउनुभएको हो । विज्ञप्तिमा भनिएको छ, ‘संहिताको २९३ देखि ३०८ सम्मका दफामा समेटिएका प्रावधानले प्रेसले निर्वाध रुपमा काम गर्न पाउने वातावरणमा गम्भीर धक्का दिएको छ ।’

दफा २९३ मा ‘कसैले दुई वा दुईभन्दा बढी व्यक्तिका बीचमा भएका कुनै कुरा अधिकार प्राप्त अधिकारीको अनुमतिले वा त्यसरी कुरा गर्ने व्यक्तिको मञ्जुरीबिना कुनै यान्त्रिक उपकरणको प्रयोग गरेर सुन्न वा त्यस्तो कुराको ध्वनि अंकन गर्न हुंदैन,’ भन्ने प्राब्धान रहेको छ ।

यो प्राब्धान केवल व्यक्तिको गोपनीयतासंग मात्र सम्वन्धित नभएर बृहत दायरामा हेरिंदा प्रेसको निर्वाध सूचना संकलन, प्रकाशन वा प्रसारण गर्ने संवैधानिक हकको समेत ठाडै उल्लंघन भएको मिडिया सोसाइटीको ठहर छ ।

पत्रकारिता आफैमा खोजमूलक कार्य हो भन्दै विज्ञप्तीमा ‘आम जनताको सूचनाको हक प्रदान तथा राज्यको स्वेच्छाचारिताको पर्दाफास गरेर नै मिडियाले जनतालाई सचेत बनाउने काम गर्दै आएको संसारभरको लोकतान्त्रिक परम्परा र अभ्यास भएको’ स्मरण गराइएको छ ।

‘कुनै व्यक्तिप्रति हुने गाली वेइज्जतीप्रतिको सम्वेदनशीलता वा गोपनीयताको हकको मिडियाले सदा सम्मान गर्दछ । व्यक्तिको गोपनीयताको हक वा गाली वेइज्जतीको बहानामा राज्य संयन्त्रबाट हुने सेन्सरसिप र कानुनी कारबाहीलाई नेपाली मिडियाले सहन सक्दैन ।’, विज्ञप्तीमा अघि भनिएको छ, ‘तसर्थ यथाशिघ्र उपरोक्त प्रकारका प्रेस स्वतन्त्रता विरोधी प्रावधान सच्याउन तथा त्यसप्रकारको संहिताको व्यवस्था स्वतन्त्र प्रेसको हकमा लागू नहुने कुरा सम्वन्धित पक्षबाट कानुनी रुपमा नै स्पष्ट गर्न नेपाल मिडिया सोसाइटी माग गर्दछ ।’

मिडिया सोसाइटीले संहितामा गरिएका त्यस प्रकारका व्यवस्थालाई तत्काल हटाउन माग गर्दै सरकारले नयां ऐन कानुन बनाउंदा नेपालको संविधानको धारा १९ को आमसञ्चारको हकलाई विशेष ध्यान दिन समेत अनुरोध गरेको छ ।

सोसाइटीले स्वतन्त्र प्रेसको रक्षा र जनताको सूसुचित हुन पाउने हकका लागि जस्तोसुकै संघर्षमा उत्रन पनि हामी तयार रहेको समेत स्पष्ट बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनद्वारा नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षण

नेपालमा आएको बाढीपछि भारतको विदेश मन्त्रालयमा समीक्षा बैठक

सम्बन्धित

रसुवा बाढीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ७ कर्मचारी बेपत्ता

परराष्ट्रमन्त्री खनाल र बेलायती विदेशमन्त्रीबीच टेलिफोन वार्ता, सहयोग गर्ने प्रतिबद्धता

बाढीपछिको उद्धार र राहतबारे परराष्ट्रमन्त्री खनाल र बंगलादेशी समकक्षीबीच वार्ता

विपद् व्यवस्थापन र पुनर्निर्माणका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन हुने

बाढी प्रभावित क्षेत्रमा डेढ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन

रसुवा बाढीको वास्तविक कारण अझै अनुसन्धानमै, ‘हिम–चट्टान पहिरो’ प्रमुख सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu