बाजुरा,१ भदौ । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा अवस्थित मालिका नमुना माद्यामिक विद्यालयको प्राविधिक भवन भित्र शंकास्पद बस्तु राखेको भेटिएको छ । विदयालयमा टिएसएलसि र प्राविधिक तर्फ ओभरसेयर तेस्रो बर्षको परीक्षा संचालन भईरहेको छ ।
विद्यार्थीहरूलाई तर्साउन शंकास्पद बस्तु राखिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार बिहिवार रातिको समयमा शंकास्पद बस्तु राखेको हुन सक्ने अनुमान गरेकोछ ।
तर, कसले राखेको हो भन्ने खुलेको छैन । सदरमुकाम समेत रहेको मालिका नमुना माध्यमिक विद्यालयमा शंकास्पद बस्तु भेटिएपछि विद्यालय आसपासका क्षेत्रमा सुरक्षा दिएको छ । डिस्पोजल गर्न नेपाली सेनाको टोलीलाई खबर गरिसकेको प्रहरी नायव उपरीक्षक सागर बोहराले बताए
प्रतिक्रिया दिनुहोस्