ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनवल नगरपालिका नेपालको पहिलो बालमैत्री नगर बन्न सफल :मुख्यमन्त्री पोखरेल


एबीसी न्यूज
३ भदौ २०७५, आइतबार   ५ : ०८   बजे

नवलपरासी, ३ भाद्र  ।  पश्चिम नवलपरासीको सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्री नगर बन्न सफल भएको छ । भूमहीमा आज आयोजित कार्यक्रममा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सुनवललाई नेपालको पहिलो बालमैत्री नगर घोषणा गर्नुभयो ।

सङ्घीय संरचना अनुसार नेपालका ७५३ स्थानीय तहमध्ये सुनवल देशकै पहिलो बालमैत्री नगर ( स्थानीय तह ) बन्न सफल भएको हो ।

सो अवसरमा मुख्यमन्त्री पोखरेलले देशका अन्य प्रदेश भन्दा ५ नं प्रदेश समृद्धि र विकासका क्षेत्रमा बलियो प्रदेश बन्ने बताउनुभयो । यस प्रदेशको चौतर्फी विकासमा प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने धारणा व्यक्त गर्दै उहाँले भौतिक पूर्वाधार, पर्यटन, आर्थिकलगायत सबै क्षेत्रका विकासका कामलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको छ भन्नुभयो ।

 

प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेशलाई समृद्धि र विकास तर्फ उन्मुख बनाउने कार्यमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

बालमैत्री स्थानीय शासनको अवधारणा अन्तर्गत बालबालिका क्षेत्रका विविध काम गरी देशमै पहिलो बालमैत्री नगर बन्न सफल भएको सो नगरपालिकाका प्रमुख भीमबहादुर थापा(भरत)ले जानकारी दिनुभयो । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिले तय गरेका ४२ विविध सूचककोमा सुनवल नगरपालिकाले लक्ष्यअनुसार सफलता हासिल गरेको छ ।

साविक सुनवल नगरपालिका यसअघि नै ०७२ जेष्ठ ३२ गते देशको पहिलो बालमैत्री स्थानीय शासन नगरपालिका घोषणा भएको थियो । सङ्घीय संरचनाअनुसार थप तीन वडाले आवश्यक सबै सूचक र लक्ष्य पूरा गरिसकेको छ ।

सेवा प्रवाह सम्बन्धी २७ र संस्थागत तर्फ १२ र अन्य तीन गरी कूल ४२ सूचकमा सुनवल नगरपालिकाले लक्ष्यअनुसार उपलब्धि हासिल गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले जानकारी दिनुभयो ।

पछिल्लो पटक बालमैत्रीको क्षेत्रमा नेपालमा प्रभावकारी नीति तथा कार्यक्रम कार्यान्वयन हुँदै गएको बालमैत्री स्थानीय शासनका राष्ट्रिय सहजकर्ता शर्मिला पौडेलले जानकारी दिनुभयो ।

नगरपालिकामा कूल ६८ हजार ८२ जनसङ्ख्यामध्ये २८ हजार २६० बालबालिका छन् । नगरपालिकामा १६० बाल क्लब छन् । त्यस्तै १३ वडास्तरीय बाल क्लब र एक नगरस्तरीय बाल क्लब सञ्जाल छन् । पश्चिम नवलपरासी जिल्लामा सात स्थानीय तह छन् । अब नगरलाई महिला र वातावरण मैत्री बनाउने लक्ष्य लिइएको नगरपालिकाको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu