काठमाडौं, ७ भाद्र । छोरीको हत्या अभियोगमा झापामा एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ।
स्कुल जाने बेला कपाल कोर्न नमानेको भन्दै ८ वर्षिया छोरीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले बिर्तामोड नगरपालिका–५ सुब्बा चोकका २७ वर्षीया हेमन्ता कुरुम्बाङ (लिम्बु)लाई पक्राउ गरेको हो।
हेमन्ताले लाठीले कुटपिट गर्दा गम्भीर घाइते भएकी उनकी ८ वर्षीया छोरी सफल्ता कुरूम्बाङ (लिम्बु)को बिर्तासिटी अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो।
हत्या अभियोगमा पक्राउ परेकी आमालाई प्रहरी हिरासतमा राखि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्