काठमाडौं,८ भाद्र । पश्चिम नवलपरासीबाट विगत एक महिनादेखि सम्पर्कबिहीन बनेका एक बालक फेला परेका छन् ।
गत साउन ३ गतेदेखि पश्चिम नवलपरासी प्रतापपुर ७ सूर्यपुरा बस्ने भोला चौधरीका १४ वर्षीय छोरा हेमनारायण चौधरी हराएका थिए। उनलाई फेसबुकको माध्यमबाट भारतको सिसवामा फेला पारिएको हो।
बालक हराएकोबारे फेसबुकलगायतका सामाजिक सञ्जालमा प्रचार प्रसार भएका कारण बालक फेला परेको पारिवारिक स्रोतले जनाएको छ ।
घरबाट बजार जान्छु भनी सम्पर्कबिहीन रहेका बालक चौधरी भारतको सिसवामा फेला परेको बालकका बुवाका साथी बृजराज कुशुहवाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्