ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यार्थीद्वारा टिपर दुर्घटनामा ज्यान गुमाएका परिवारलाई सहयोग


एबीसी न्यूज
८ भदौ २०७५, शुक्रबार   ११ : ०८   बजे

रोल्पा, ८ भाद्र  । केही दिनअघि मुस्ताङमा भएको टिपर दुर्घटनामा परी ज्यान गुमाएका रोल्पाली व्यक्तिका परिवारलाई त्यहाँका विद्यार्थीले रकम सङ्कलन गरी पठाएका छन् ।

मुस्ताङको धौलागिरि आवासीय माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीको कल्याणकारी सङ्गठन जुनियर रेडक्रस सर्कलको अगुवाइमा रु ६६ हजार ५१० सङ्कलन गरी रोल्पा पठाइएको हो ।

रेडक्रसकर्मी विद्यार्थीले सङ्कलन गरेका सो रकम यहाँको सुनछहरी गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा दामासाही रूपमा प्रति मृतकको रु सात हजार ३९० का दरले उपलब्ध गराइएको स्थानीय हर्क घर्तीमगरले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाका अध्यक्ष नौलसिं पुन, सुनछहरी गाउँपालिका अध्यक्ष आशबहादुर पुनलगायतको सहभागिता रहेको सो कार्यक्रममा मृतकका परिवारलाई सम्झने मुस्ताङी विद्यार्थीप्रति रोल्पालीले आभार व्यक्त गरेका थिए ।

सडक निर्माणमा मजदुरी गर्न गएका थवाङ र सुनछहरी गाउँपालिकाका नौँ मजदुरले मुस्ताङमा भएको टिपर दुर्घटनामा ज्यान गुमाएका थिए । आर्थिक अवस्था कमजोर रहेका उनीहरूको मृत्युपछि परिवारका सदस्यलाई जीवन निर्वाहमा समस्या भएको थियो । आर्थिक सहयोगले तत्कालका समस्या समाधानमा सहयोग पुग्ने मृतकका परिवारले जनाए । दुर्घटनामा एकै परिवारका तीनसहित नौँ जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu