ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आन्दोलनरत पक्षसित समन्वय गरेर अनुसन्धान अगाडि बढ्ने


bhawani desk
८ भदौ २०७५, शुक्रबार   १२ : ३४   बजे

भीमदत्तनगर, ८ भाद्र । आन्दोलनरत पक्षसित समन्वय र छलफल गरेर अगाडि बढ्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभएको छ ।

बिहीबार कञ्चनपुर प्रहरीको नेतृत्व सम्हाल्न भीमदत्तनगर आइपुग्नुभएका कडायतले आन्दोलनरत सबै पक्षको राय सुझाव लिने र उच्च प्राथमिकताका साथ घटनाको अनुसन्धान थालिने बताउनुभयो ।

“घटना नयाँ शिराबाट अनुसन्धान गर्ने स्थिति आउन सक्छ,” उहाँले भन्नुभयो, “यहाँ लगाइएको कफ्र्यू आज बिहान ५ बजेदेखि हटेको छ ।”

उहाँले आन्दोलनरत पक्ष र स्थानीयवासीलाई प्रहरी अनुसन्धानमा सहयोग गर्न आग्रह गर्नुभयो । बिहीबारसम्म अशान्त रहेको भीमदत्तनगरको स्थिति आज बिहानदेखिबाट सामान्य बन्दै गएको छ । बजार खुलेको छ भने सवारीसाधन चल्न थालेका छन् ।

गृहमन्त्रालयले जिल्लामा नयाँ नेतृत्व पठाएको छ भने उच्चस्तरीय छानविन समितिसमेत गठन गरेको छ । “नयाँ प्रमुख जिल्ला अधिकारी र गृहको छानविन समिति अनुसन्धानका लागि यहाँ आउँदैछ,” प्रहरी उपरीक्षक कडायतले रासससित भन्नुभयो ।

भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि गत साउन १० गते हत्या भएको थियो । भीमदत्तनगरपालिका–१८ निम्बुखेडास्थित साथीको घरमा गृहकार्य गर्न गएकी निर्मलाको शव साउन ११ गते उखुबारीमा भेटिएको थियो ।

आन्दोलनरत पक्षले निर्मला गृहकार्य गर्न गएको साथीको घरबाट नै अनुसन्धान थाल्नुपर्ने माग गर्दै आएको छ । गत आइतबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी हत्यामा संलग्न रहेको भन्दै भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेपछि आन्दोलन झन् चर्किएको हो ।

आन्दोलनरत पक्ष र स्थानीयबासीले अभियुक्त विष्टको लामो समयदेखि मानसिक अवस्था ठिक नभएकाले उनीबाट सो घटना नघटेको र प्रहरीले वास्तविक हत्यारा लुकाउन षड्यन्त्र गरेको आरोप लगाउँदै आएका छन् ।  (रासस)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group