ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यकाको फोहर व्यवस्थापन गर्न सहकार्य आवश्यक


एबीसी न्यूज
८ भदौ २०७५, शुक्रबार   ५ : ०७   बजे

काठमाडौं ८ भाद्र । काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन ठूलो चुनौतीका रुपमा रहेकाले व्यवस्थापनका लागि सम्बन्धित निकाय सहकार्यको साथ लाग्नुपर्ने सरोकारवालाले बताएका छन् ।

उपत्यकामा बाहिरबाट ल्याइने तरकारी र मासुजन्य वस्तुबाट निस्कने फोहर बाहिर नै व्यवस्थापन नगरेसम्म उपत्यकाको फोहर व्यवस्थापनको काम अत्यन्तै चुनौतीपूर्ण वक्ताले बताएका हुन् ।

वन तथा वातावरण मन्त्रालयको सहकार्यमा जनज्योति ल फर्मले आयोजना गरेको वातावरण अनुगमनको कानूनी पक्षसम्बन्धी क्षमता अभिवृद्धि तालीममा वातावरण विभागका महानिर्देशक झलकराम अधिकारीले काठमाडौँ उपत्यका आफँै फोहर नभएको भन्दै उपत्यका बाहिरबाट आयात गरिने खाद्यानको सामग्री नै फोहरको मुख्य कारण रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “बाहिरको फोहर बाहिर नै जिल्लामा व्यवस्थापनको शुरुआत गर्नुपर्छ, काठमाडौँमा फोहर व्यवस्थापन गर्ने स्थान छैन । त्यस विषयमा सम्बन्ध भएका सबै निकायले सोच्न आवश्यकता भइसकेको छ ।”

मन्त्रालयका सहसचिव यज्ञनाथ दाहालले नेपाल वातावरणीय व्यवस्थापनको हिसाबले विश्वकै तल्लोस्तरको मुलुकमा पर्ने भन्दै यसलाई सुधार गर्नका लागि नीति निर्माता र नीति कार्यान्वयन गर्ने पक्षको सहकार्यको आवश्यकता औँल्याउनुभयो ।

अधिवक्ता पदमबहादुर श्रेष्ठले वातावरण व्यवस्थापनसम्बन्धी कानून कार्यान्वयनका लागि मन्त्रालय र विभागबीच समन्वय नहुँदा समस्या भएको भन्दै आगामी दिनमा समन्वयात्मक भूमिका निर्वाह गर्न दुवै निकायलाई आग्रह गर्नुभयो ।

उपत्यकाबाट दैनिक एक हजार २०० र काठमाडौँ महानगरपालिकाबाट दैनिक ५०० मेट्रिक टन फोहर निस्कन्छ । तीमध्ये ६० प्रतिशत कुहिने फोहर रहेको छ । विभागका करीब २५ कर्मचारीलाई तालीम दिइएको हो । केही समयअघि ने काठमाडौँ महानगरपालिकाले मासुजन्य वस्तुबाट निस्कने फोहर बाहिर नै व्यवस्थापन गर्ने र खानयोग्य मात्रै आयात गर्ने भने पनि हालसम्म पनि उक्त विषय अभ्यासमा आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu