ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल मेडासिटी हस्पिटलको सेवा अब सबै नागरिकहरुको पहुँचमा


एबीसी न्यूज
९ भदौ २०७५, शनिबार   ८ : ०५   बजे


काठमाडौं , ९ भाद्र ।  नेपाल मेडासिटी हस्पिटलले निस्शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गरेको छ । जैन धर्माबलम्बी तेरापंथ महिला मण्डल र पूर्ण महिला मण्डलको अगुवाईमा नेपाल मेडिसिटी अस्पतालमा स्वास्थ्य परीक्षण कार्यक्रमको आयोजना गरिएको हो ।
नागरिकले आफ्नो स्वास्थ्यप्रति ध्यान दिई सुखी र समृद्ध राष्ट्र निर्माणको लागि काम गर्नुपर्ने भएकाले स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरिएको श्री जैन श्वेताम्बर तेरापंथ महिला मण्डलकी अध्यक्ष श्रीमती रश्मि जैनले बताउनु भयो । कार्यक्रममा करिब एक सय १ जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।

स्वास्थ्य उपचारबाट सबै नागरिकहरुले लाभ पाउन र स्वास्थ्य सबै नागरिकहरुको पहुंचमा होस् भन्ने हेतुले समाजसेवी तथा उद्योगपति डा. उपेन्द्र महतो तथा डा. समता प्रसादले उत्कृष्ट पूर्वाधार एवं प्रविधियुक्त नेपाल मेडिसिटी अस्पतालको स्थापना गर्नुभएको हो । विश्वस्तरिय सेवा सञ्चालन गरिरहेको मेडिसिटीले आगामी दिनमा पनि यस किसीमको स्वास्थ्य परिक्षणलाई प्राथमिकता दिने बताएको छ ।

स्वास्थ्य सबै नागरिकहरुको पहुंचमा पुर्याउन अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमको माध्यमबाट गुणस्तरीय स्वास्थ्य सेवालाई सुलभ बनाई आम नागरिकहरुले पनि यसको सेवा लिन सक्ने ब्यवस्था पनि गरेको नेपाल मेडिसिटी हस्पिटलका जनरल म्यानेजर विजय रिमालले बताउनुभयो । मेडिसिटी अस्पतालले उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बुद्धिमानी भन्ने कुरालाई मध्यनजर गरि अस्पतालमा वेलनेश विभागको स्थापना गरेको छ । ललितपुरको नख्खुस्थित अस्पतालले गुणस्तरीय उपचार र बिरामीको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै सेवा दिइरहेको छ ।

३० रोपनी जग्गामा निर्मित अस्पतालका अत्याधुनिक भवन भूकम्प प्रतिरोधात्मक छन् । अस्पतालका अध्यक्ष डा. महतोले कुनै पनि नेपालीले कुनै पनि रोगको उपचार गर्न विदेश धाउन नपरोस् र बिदेसिएको जनशक्ति नेपालमा फर्काउन अस्पताल सञ्चालनमा ल्याएको बताउनुभयो । अस्पताल दक्षिण,पूर्वी एसिया क्षेत्रकै उत्कृष्ट बनाउन अत्याधुनिक प्रविधि, नयाँ, नयाँ सेवा विस्तारमा आफु लागिपरेको जानकारी दिनुभयो ।

त्यसैगरि तेरापन्थ महिला मण्डलहरुको अहिंसा, सदाचार, नैतिकता र नशामुक्तिको अभियानप्रति ऐक्यबद्धता जनाउँदै नेपाल मेडिसिटी अस्पतालले स्वास्थ्य परीक्षण कार्यक्रमलाई निरन्तर रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । भगवान महावीरको मुख्य सिद्धान्त अहिंसात्मक विचारधारामा हिड्ने जैन धर्मका अनुयायीहरु परोपकारी कार्यक्रमहरुको आयोजनामा अग्रणी रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुख्यमन्त्री किरण थापाको प्रतिबद्धता : ‘आश्वासन होइन, परिणाम देखाउने सरकार बनाउँछु’

गण्डकी सरकारबाट एमालेमन्त्रीहरूको राजीनामा रोकियो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu