ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री पुनलाई प्रश्न :महिना दिनमै किन पड्कन्छ ट्रान्सफर्मर


एबीसी न्यूज
१० भदौ २०७५, आइतबार   ४ : २३   बजे

 

काठमाडौं,१० भाद्र । मन्त्रीज्यू पटक–पटक ट्रान्सफर्मर पड्कियो, जिल्लामा रहेको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रलाई आग्रह ग¥यो कुनै सुनुवाइ भएन, हामीले नियमित विद्युत् बाल्न नपाउने हो र ?”

पाँचथरबाट सन्तोष नेपालीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई टेलिफोन गरेर गुनासो गर्नुभयो । मन्त्री पुनले नियमित टेलिफोनमा गुनासो सुन्ने र समाधान गर्ने संयन्त्रको विकास गरेको थाहा पाएपछि सन्तोषले पैसा नलाग्ने टेलिफोन नं ११५१ मा फोन गरेर गुनासो राख्नुभयो ।

सन्तोषको थप गुनासो थियो, “मन्त्रीज्यू एक-एक महिनामा ट्रान्सफर्मर पडकन्छ, सानातिना उद्योग व्यवसाय गर्न समेत समस्या भयो । समस्या समाधान हुँदैन र मन्त्रीज्यू ।” सन्तोषले पाँचथरका ग्रामीण भेगमा निरन्तर विद्युत अवरोध भईरहेको यथार्थ सुनाउनुभएको थियो ।

सन्तोषको गुनासो सुनेपछि मन्त्री पुनले तत्कालै पाँचथर वितरण केन्द्र प्रमुखलाई फोन गरेर समस्या समाधान गर्न निर्देशन दिनुभयो । यही भदौ ८ गते शुक्रबार दिइएको निर्देशनानुसार नयाँ ट्रान्सफर्मर जडान हुने भएको छ । पाँचथर उमाइ गाँउपालिकामा नियमित विद्युत् उपलब्ध हुने भएको छ । मन्त्रीको उक्त निर्देशनसमेत सुन्नुभएका सन्तोषले आफ्नो समस्या समाधान भएकोमा खुशी भएर फोन राख्नुभयो ।

मन्त्रालयले तीन सातादेखि हरेक शुक्रबार १२ देखि १३.०० बजेसम्म हटलाइनमा नागरिकको गुनासो सुन्ने र समस्याको समाधान गर्ने कार्यक्रम शुरु गर्नुभएको छ । सातामा न्यूनतम १५ देखि अधिकतम २० सम्म गुनासो आउने गरेका छन् । धेरै गुनासो नेपाल विद्युत् प्राधिकरणसँग जोडिएका छन् ।

प्राधिकरणले पोल उपलब्ध नगराएको, ट्रान्सफर्मर नपाएको, लामो समयदेखि पोल गाडेको भए पनि विद्युत् नपाएको, उच्च क्षमताका प्रसारण लाइनका कारण प्राकृतिक सौन्दर्य बिग्रेको जस्ता गुनासा धेरै आउने गरेका छन् ।

पाँचथरका देवेन्द्र खालिङले मन्त्री पुनलाई फोन गरी पहिलो संविधानसभाको निर्वाचनको समयमा पोल गाडेपनि हालसम्म बत्ती बाल्न नसकेको गुनासो गर्नुभयो । स्थानीय साना लगानीमा सञ्चार उद्यम गर्न समस्या भएको खालिङको भनाई थियो ।

अर्घाखाँची पाणिनीका नारायण गिरीले काठे पोलका कारण दुर्घटनाको जोखिम बढेको भन्दै तत्कालै त्यस्ता पोल विस्थापन गर्न आग्रह गर्नुभयो । गिरीको गुनासोपछि मन्त्री पुनले काठे पोल विस्थापनको प्रक्रिया शुरु भएको र चालु आवदेखि नै काम शुरु हुने जानकारी दिनुभयो ।

बझाङका माइकल क्षेत्रीले सदरमुकाममा विद्युत् आउने जाने गरेका कारण समस्या परेको छ भन्नुभयो । माइकलको गुनासो बझाङ वितरण केन्द्रले समाधान गर्ने भन्दै सचिवालयलाई तत्काल व्यवस्था मिलाउन निर्देशन दिनुभयो ।

मकवानपुरबाट अयोद्या भट्टराईले बिना जानकारी विद्युत्भार कटौती भइरहेको र कार्यालय प्रमुख तथा कर्मचारीसँग भेट नहुने समस्या समाधानमा चासो राखिदिन आग्रह गर्नुभयो । बिर्तामोड–२ चारपानेका दिवाकर शिवाकोटीले आफ्नो टोलमा चार वटा पोल नभएका कारण विद्युत् विस्तार गर्न समस्या भएको बताउनुभयो ।

भोजपुर षडानन्द नपा कुदाक काउले विसं ०६४ मा पोल गाडेको भए पनि हालसम्म विद्युत् नपुगेको र स्थानीयबासी अँध्यारोमा बस्नुपरेको छ भन्नुभयो । निर्माण व्यवसायीले आयोजना अलपत्र पारेको उहाँको भनाई थियो । सोही नगरपालिकाको नेपालेडाँडामामा पनि पोल गाडिएको लामो समय भएपनि हालसम्म तार नतानिदा विद्युतीकरण हुन सकेको छैन । मन्त्री पुनले भोजपुर वितरण केन्द्रमार्फत् समस्याको समाधान गरिने आश्वासन दिनुभयो । इलामका सौगात शर्माले वैदेशिक रोजगारीमा गएका युवालाई जलविद्युत्मा लगानीको अवसर प्रदान गर्न आग्रह गर्नुभयो ।

मन्त्री पुनले सो परियोजना निकट भविष्यमा नै सञ्चालन गर्ने र मन्त्रालय आफैँले तयारी गरिरहेको बताउनुभयो । सरकारी स्वामत्विको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले विप्रेषणमा आधारित जलविद्युत् आयोजना सञ्चालन गर्न लागेको जानकारी दिँदै सो कार्यक्रम लागू भएपछि वैदेशिक रोजगारीमा रहेका धेरै नेपाली समेटिने उल्लेख गर्नुभयो ।

बुटवलका अर्जुन शर्माले उच्च क्षमताका प्रसारण लाइन घर तथा बस्ती नजिकबाट गएका कारण सधैँ समस्यामा पर्ने गरेको भन्दै समस्या समाधान गर्न पहल गरिदिन आग्रह गर्नुभयो । पोखराका नेशनल शर्माले भोल्टेजका समस्याका कारण लेकसाइडमा नियमित कार्य सञ्चालन गर्न समस्या परेको उल्लेख गर्नुभयो ।

सोलुखुम्बु घर भई मुलपानी बस्नुहुने पुस्कर निरौलाले विद्युत् महसुल तिर्न जाँदा थप शुल्क तिर्नपरेको गुनासो गर्नुभयो । मन्त्री पुनले नागरिकले सरकारलाई विश्वास गरेर टिपाउने समस्याको समाधान गर्न सरकार लागिपरेको बताउनुभयो । पछिल्लो पटक सरकार छ भन्ने विश्वाससमेत बढ्दै गएको र हटलाइनमा आउने समस्या समाधानका लागि क्रियाशिलता समेत बढाइएको मन्त्री पुनले उल्लेख गर्नुभयो ।

अधिकांश समस्या विद्युतीकरण हुन नसकेको, पोल नपाएको, प्राधिकरणका कर्मचारीले उपभोक्ताको समस्या नसुनेको जस्ता समस्या बढी आएका छन् । ती समस्या समाधान गर्न प्राधिकरणलाई आवश्यक निर्देशन दिइएको मन्त्री पुनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu