ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मला हत्या प्रकरणः प्रहरी अनुसन्धानमाथि नै प्रश्न


bhawani desk
११ भदौ २०७५, सोमबार   १२ : २१   बजे

काठमाडौं ,११ भाद्र । कञ्चनपरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक महिना पूरा भएको छ। प्रहरी अनुसन्धानमाथि नै प्रश्न उठिरहेको छ ।

कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई जिम्मेवारीबाट मुक्त गराएर गृह मन्त्रालयले निलम्बन गरेको छ। डिएसपी ज्ञानबहादुर सेठी, अनुसन्धान अधिकृत प्रहरी निरीक्षक एकेन्द्र खड्कालाई प्रहरी हेडक्वार्टर फिर्ता बोलाइएको छ।

घटना भएको २४ दिनपछि प्रहरीले निर्मलाको हत्यामा संलग्न एक अभियुक्तलाई सार्वजनिक गरेपछि प्रहरीको अनुसन्धानमाथि नै स्थानीयले शङ्का व्यक्त गरेका छन्। निर्मलाको हत्या अभियोगमा प्रहरीले ४१ वर्षीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो।

प्रहरीले गलत व्यक्तिलाई अभियुक्त बनाएको भन्दै महेन्द्रनगरमा स्थानीयको चर्को विरोधपछि सरकारले सह९सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा पाँच सदस्य छानबिन टोली बनाएर कञ्चनपुर पठाएको छ।

समितिको प्रारम्भिक अनुसन्धानमा एसपी विष्टको नेतृत्वमा रहेको अनुसन्धान टोलीको अनुसन्धानमा लापरबाही भएको प्रारम्भिक निष्कर्ष निकालेको छ।

प्रहरीको अनुसन्धानमा केही त्रुटि भएको र बाँकी अनुसन्धान आफै गर्ने सहसचिव मैनालीले बताए ।

निर्मला बलात्कार प्रकरणको सुरुवातमा कञ्चनपुर प्रहरी प्रमुख विष्ट र केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएका डिएसपी अङ्गुर जिसीको नेतृत्वमा अनुसन्धान भएको थियो। व्यूरोको टोली साउन १४ गते कञ्चनपुर पुगेको थियो।

प्रहरीले हत्याको अभियोगमा सार्वजनिक गरिएका दिलीपसिंह विष्ट निर्दोष हुन्रु प्रहरीले किन उनलाई अभियुक्त बनायो र प्रहरीले अनुसन्धानमा किन लापरबाही गर्‍यो। यदि विष्ट निर्दोष ठहर भएमा अनुसन्धान अधिकारीमाथि के हुन्छ कारबाही केही महिना निलम्बन र फिर्ता बोलाएर मात्र सजाय मिनाहा होला र ?

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group