ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बल्खु तरकारी बजारमा अनुगमन: विक्रेताले विल बिजक विना नै तरकारी खरिद


bhawani desk
११ भदौ २०७५, सोमबार   १२ : ४४   बजे

काठमाडौं ,११ भाद्र । काठमाण्डौको बल्खु स्थित तरकारी बजारका अधिकांश तरकारी विक्रेताले विल बिजक विना नै तरकारी खरिद तथा विक्रि गर्ने गरेको पाईएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति विभागको टोलिले सोमबार बिहान गरेको अनुगमनका क्रममा सो तथ्य फेला परेको हो ।

अधिकांश तरकारी पसल दर्ता छैनन भने तरकारी खरिदको बिल समेत उनीहरुसंग नभएको अनुगमन टोलीले फेला पारेको छ । कानूनको दृष्टिमा अबैध रुपमा संचालन भईरहेका झण्डै ९० प्रतिशत तरकारी बिक्रेतासंग तरकारी खरिदको कुनै पनि किसिमको अभिलेख नरहेको फेला परेको छ ।

एकाबिहानै राजधानी बाहिरबाट आउने तरकारीका ट्रकसंग तरकारी झार्ने र खुद्रा तथा थोक विक्रि गर्ने गरेका व्यापारीलाई ट्रकबाट झारिएको तरकारीको मुल्यको दर समेत थाहा नभएको पाईयो । उनीहरु ढुक्क संग भन्दै थिए“ विक्रि मुल्य निर्धारण भएपछि विक्रिको आधारमा तरकारीको मुल्य तोकिने छ ।”

ट्रकबाट झारेको तरकारीको खरिद र विक्रि मुल्य कति भन्ने उत्तर समेत व्यापारीले अनुगमन टोलीलाई दिन सकेनन् । खरिद बिल र विक्रि दरका बारेमा नै निकै बेर दुईपक्षीय बादविवाद चलिरह्यो ।

व्यापारीको कुरा सन्दा जो कसैलाई पनि लाग्दथ्यो । त्यहाँ बेबारिसे रुपमा तरकारी आउछ । विक्रि हुन्छ अनि व्यापारिले फोन गरेर तरकारीको मुल्य दिन्छन् । उनीहरु अनुगमन टोलीसंग निर्धक्क भन्दै थिए “बजार हेरेर मुल्य निर्धारण हुन्छ । बजारमा आवश्यकता भन्दा बढी माल आए मुल्य कम हुन्छ । आवश्यकता भन्दा कम माल आए मुल्य बढी हुन्छ । ”

तरकारी विक्रेता दामोदर नेपालले कुनै पनि तरकारीको निश्चित मुल्य नहुने दाबी गर्दे एउटै तरकारीको तीन चार थरी मुल्य हुने बताउनुभयो ।

बल्खु कृषि तथा तरकारी बजारका संचालक मोहन बस्नेतले डोको डोकोबाट संकलन गरेर ल्याएको तरकारी चोक चोकमा बेच्ने अवस्थालाई केही व्यवस्थित गर्दै छानामुनी सारिएकाले अन्य उद्योग व्यवसाय जस्तो कृषि व्यवसायलाई हेर्न नुहुने बताउनुभयो ।

उहाँले कानुनी रुपमा दर्ता हुने र बिल बिजक जारी गर्ने लगायत काम भईरहेको भएपनि किसानले बिल दिने र व्यापारीले बिल काट्ने पद्धतिको सुरुवात नभएसम्म तरकारीको मुल्यलाई व्यवस्थित गर्न नसकिने बताउनुभयो ।

बिल बिजक र करको ठुला ठुला कुरा गर्ने सरकारले खरिद विक्रिको कुनै पनि अभिलेख बिना , बिना दर्ता संचालन भईरहेका तरकारी बजारलाई अबैध बजार भन्ने आँट भने गरेन ।

अनुगमन टोलीमा रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीका स्वकिय सचिव सन्तोष विष्टले कानुनले कल्पना गरेको व्यवस्थित बजार नपाईएको प्रतिक्रिया दिनुभयो ।

अनुगमनमा अवरोध श्रृजना गरेको भन्दै एक व्यापारीलाई नियन्त्रणमा लिए पनि बिल बिजक बिना तरकारी बेच्ने र खरिद बिल बिना नै ट्रकका ट्रक तरकारी झार्ने व्यापारीलाई कानुनी दायरमा ल्याउन आवश्यक ठानेन सरकारले ।

यसअघिका पटक पटकका अनुगमनमा पनि मुल्य सुची, खरिद मुल्य र विक्रि मुल्य तथा बिल बिजकको समस्या देखेको अनुगमन टोलीले यस पटक पनि अर्को अनुगमन सम्मका लागि व्यापारिलाई अबैध काम गर्न छुट दिएको छ ।

विभागका निरीक्षक अधिकृत दिपक पोखरेलको नेतृत्वको अनुगमन टोली सोमबार सबेरै ३ बजे बल्खु तरकारी बजार पुगेको थियो । टोलीले साढे ३ बजे देखि बजार अनुमगन सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group