बुटवल,११ भाद्र । प्रदेश नम्वर ५ को विशेषाधिकार समितिको सभापतिमा गुल्मीवाट निर्वाचित प्रदेश सभा सदस्य कमलराज श्रेष्ठ चएन हुनुभएको छ । उहाँ नेकपाको तर्फवाट प्रतिनिधित्व गर्नुहुन्छ ।
सोमवार संसद सचिवालयमा बसेको विशेषाधिकार समितिको बैठकले उहाँलाई सभापतिमा चयन गरेको हो ।
जेष्ठ सदस्य बाबुराम गौतमको अध्यक्षता एवं सभामुख पूर्णबहादुर घर्ती मगरको प्रमुख आतिथ्यतामा बसेको बैठकले उहाँलाई सभापतिमा चयन गरेको हो ।
आजै श्रेष्ठलाई सभामुख पूर्णबहादुर घर्ती मगरले पद तथा गोपनीयताको समथ ग्रहण गराउनु भएको थियो । समितिमा ११ जना प्रदेश सभा सदस्यहरुको प्रतिनिधित्व रहेको छ ।
प्रतिक्रिया दिनुहोस्