ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा यात्रा प्रतिबन्ध भरे बेलुका ८ बजेदेखि


abc news
१६ असार २०७४, शुक्रबार   १ : १५   बजे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यात्रा प्रतिबन्धसम्बन्धि कार्यकारी आदेश न्युयोर्क समय अनुशार भरे बेलुका (बिहिबार बेलुका) ८ बजेदेखि लागु हुने भएको छ । अमेरिकी सर्बोच्च अदालतले कार्यकारी आदेश कार्यान्वयनका लागि अनुमति दिएपछि भरे बेलुकादेखि लागु गरिने भएको छ ।

यात्रा प्रतिबन्ध अनुशार अमेरिकामा विद्यालय वा कलेजको सम्बन्ध रहेका वा पारिवारिक सम्बन्ध भएकाहरु अमेरिका छिर्न पाउनेछन् तर होटल रिजर्भेशनलाई भने वास्तविक सम्बन्धका रुपमा स्वीकार गरिनेछैन ।

त्यस्तै अमेरिकामा बोल्नका लागि बोलाइएका शैक्षिक लेक्चररलाई भने अमेरिका छिर्न अनुमति दिइनेछ । यो प्रतिबन्ध लिबिया, सिरिया, इरान, सोमालिया, यमन र सुडानका नागरिकका लागि ९० दिनका लागि हो । शरणार्थीका हकमा भने जुनसुकै देशबाट भएपनि अमेरिकामा यात्रा प्रतिबन्ध लगाइनेछ ।

अमेरिकी सरकारले बुधबार नै भिसाका लागि अमेरिकी दूतावास र कन्सुलेटहरुमा भिसाको नयाँ गाइडलाइन पठाइसकेको छ । जसअन्तरगत भिसा आवेदकले भिसा प्राप्त गर्नका लागि बुबाआमा, दम्पत्ति, छोराछोरी, ज्वाई, बुहारी वा दाजुभाईदिनीबहिनी अमेरिकामा रहेको प्रमाणित गर्न सक्नुपर्नेछ । तर मंगेतर, हजुरबा हजुरआमा, नातीनातिना, अन्टी, अंकल, भजित, भान्जाभान्जी, भिनाजु, भाउजु, काकाकाकीका छोराछोरी जस्ता सम्बन्ध भएकाहरुलाई भने अमेरिका छिर्न दिइनेछैन ।

अमेरिका आउनका लागि पर्खिरहेका शरणार्थीहरुका हकमा पनि नयाँ प्रतिबन्ध लागु हुनेछ । यात्रा प्रतिबन्ध लागु हुने भएपछि एम्नेष्टी इन्टरनेशनल जस्ता समुहहरुले विमानस्थलहरुमा आफ्ना सोधकर्ताहरु पठाउने भएका छन् । एकपटक भिसा जारी भइसकेकाहरुको भिसा खारेज नगरिने भएकाले नयाँ भिसाका आवेदकहरुमात्र यो यात्रा प्रतिबन्धबाट प्रभावित हुनेछन् ।

यात्रा प्रतिबन्ध नलाग्नेहरु को को हुन् ?

– अमेरिकी नागरिकहरु
– अमेरिकाको ग्रिनकार्ड हुनेहरु
– यसअगाडि भिसा पाइसकेकाहरु
– जुन २६ भन्दा अगाडि अमेरिका छिरिसकेकाहरु
– अमेरिकासहित अन्य देशको पनि नागरिकता हुनेहरु
– एसाइलम स्वीकृत भएकाहरु
– अमेरिकामा प्रवेश गरिसकेका शरणार्थीहरु
– अमेरिकामा नजिकको पारिवारिक, ब्यापारिक र शैक्षिक सम्बन्ध भएका विदेशी नागरिकहरु

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

अमेरिकाले भारत र चीनसहित ६० देशमाथि लगायो नयाँ भन्सार महसुल

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu