ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुन्धाराको रोयल ग्यालेन्सी डान्सबारमा गर्ने एक युवतीको रहस्यमय मृत्यु


एबीसी न्यूज
११ भदौ २०७५, सोमबार   ७ : ००   बजे

काठमाडौं ,११ भाद्र । डान्सबारमा काम गर्ने एक युवतीको आइतबार बेलुका रहस्यमय मृत्यु भएको छ। प्रहरीले अनुसन्धानका लागि उनका प्रेमीलाई पक्राउ गरेको छ।

साँखु घर भई तारकेश्वरको शेषमति डेरा गरी बस्ने २० वर्षीया जेनिशा भन्ने कोपिला श्रेष्ठको मृत्यु भएको हो। प्रहरीले उनका प्रेमी सागर बन्ने बहादुर कार्कीलाई पक्राउ गरेको छ। उपचारको क्रममा श्रेष्ठको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो। युवतीको चिउँडोमा चोट छ। डान्सबारको चिनजान, डेरामा प्रेम
महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार युवती सुन्धाराको रोयल ग्यालेन्सी डान्सबारमा काम गर्थिन्। विदेशमा काम गर्ने सागर करिब तीन महिनाअघि सो डान्सबारमा गएका थिए। त्यही उनीहरुबीच चिनजान भयो। युवतीले पहिलो भेटमै उनलाई मोबाइल नम्बर दिएकी थिइन्।

पछि बाहिर उनीहरुसँग भेटघाट भयो। प्रेम सम्बन्धमा जोडिए। युवतीको डेरा शेषमतिमा थियो। युवक नियमितजसो त्यहाँ पुग्न थाले। दुवै जना मदिरा पिउँथे।

युवकले प्रहरीले बताए अनुसार आइतबार पनि उनीहरुले ‘छ्याङ’ र माछा खाएका थिए। मदिरामा दुवै जना मात्तिएका थिए। ‘म ट्वाइलेट गएको बेला ऊ झुन्डिछ,’ युवकले प्रहरीलाई भनेका छन्, ‘सुरुमा त नाटक गरेको जस्तो लाग्यो, त्यतिकै खाटमा बसिरहेँ, पछि डोरी निकालेर उनलाई खाटमा राखेँ, तैपनि नबोलेपछि ट्याक्सी खोजेर अस्पताल लगेको हुँ।ु

घटना साँझ करिब साढे ६ बजेको हो। अस्पतालले बेलुका करिब ८ बजे युवतीलाई मृत घोषणा गरेको थियो। अस्पतालमै युवक पक्राउ परेको बालाजु वृत्तका इन्सपेक्टर जीवन निरौलाले बताए।

‘मृतकको चिउँडोमा चोट देखिन्छ,’ इन्सपेक्टर निरौला भन्छन्, ‘हत्या हो कि आत्महत्या हो भन्ने कुरा पोस्टमार्टममा खुल्नेछ।’ आफूहरुबीच कुनै विवाद नभएको तर युवती मदिरामा धेरै मात्तिएकाले आत्महत्या गरेको हुनसक्ने युवकको भनाइ छ।

प्रहरीले युवकलाई मंगलबार अदालतमा उपस्थित गराई अनुसन्धान अघि बढाउने तयारी गरेको छ।

युवती विवाहित हुन्। तर, श्रीमान्‌सँग सम्बन्ध राम्रो थिएन। युवक पनि विवाहित हुन्। नवलपरासी बर्दघाट नगरपालिका–१५ घर भएका उनकी श्रीमती वैदेशिक रोजगारमा कुवेतमा छिन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group