‘उहाँहरुले सिकेका ज्ञान, सीप र प्रविधि नेपाल र अष्ट्रेलिया बीच आदानप्रदान गर्न सकियो भने यसले चिकित्सा पेशामा रहेका चिकित्सक र सेवाग्राहीका साथै समग्र स्वास्थ्य क्षेत्र लाभान्वित हुनसक्ने छ’ उहाँले बताउनुभयो ।
दक्षता र बिशेषज्ञता भएर पनि सीमित स्रोत र साधनका साथ नेपालमा कार्यरत चिकित्सकहरुले बिरामीहरुलाई राम्रो सेवा दिन सकेकोमा अझ यसलाई प्रभावकारी बनाउन दक्षता र क्षमता बढाउन सकिनेमा उहाँको जोड थियो ।
पहिलो चरणमा ज्ञान आदान–प्रदान, दोस्रो चरणमा हाडजोर्नी बिभागका लागि केही उपकरण र अन्त्यमा ट्रमा सेन्टर निर्माणका लागि सहयोग गर्न आफु प्रतिबद्ध रहेको राजदूत शेर्पाले बताउनुभयो ।
सो अवसरमा अस्पतालका मेडिकल सुपरिडेन्ट डा. रबिन खड्का, हाडजोर्नी बिशेषज्ञ डा. श्रवण कुमार थापा, प्रशुति बिभाग प्रमुख डा. सुनिलमणि पोखरेल, फिजिसियन डा.भोजराज अधिकारी लगायतले अस्पतालको वर्तमान अबस्था, समस्या र भावी रणनीतिका बारेमा जानकारी राजदूत शेर्पालाई जानकारी गराउनुभएको थियो ।
चिकित्सकहरुले बर्षेनी १५ हजार प्रसुतिको लागि आउने हुँदा शिशु स्याहार र गर्भवती महिलालाई यथेष्ट सेवामा चुनौती, सबैभन्दा बढी घाईते र अंगभंगका घटना हुने हुँदा ट्रमा सेन्टरमा प्रविधिको अभाव र अर्थोपेडिक लगायतको समस्या बढी रहेको जानकारी दिएका थिए ।
१५० बेड र १७५ जना स्टाफ साथै सीमित स्रोत र साधन रहेकोमा बिरामीको संख्या अत्याधिक रहेकोले दिनानुदिन बिरामी बढ्दै जाने हुनाले चुनौती थपिएको पनि चिकित्सकहरुको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्