ओखलढुङ्गा, १४ भाद्र । ओखलढुंगाको मोलुङ गाँउपालिका ८ रागाद्धीपमा पहिरोले घर पुरिँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ ।
गएराती पहिरोले स्थानीय ५० बर्षीय पूर्ण बहादुर राईको घर पुरिदा राई सहित उनका श्रीमती ४० वर्षीया धन कुमारी राई, उनका दिदी ५५ वर्षीया मित्रमाया राई तथा ३ वर्षीय छोराको मृत्यु भएको हो ।
बुधबार मध्यराती घरमाथिबाट झरेको पहिरोले सुतिरहेको अवस्थामा उनीहरु चारैजना पुरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
घरमाथिबाट खनिएको स्थानीय सडक भत्किएर पहिरो झरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायक उपरीक्षक अनन्तराम शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस्