ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रेस स्वतन्त्रतामैत्री कानून बनाउन माग


एबीसी न्यूज
१४ भदौ २०७५, बिहिबार   १२ : १४   बजे

बागलुङ, १४ भाद्र । हालै लागू भएका मुलुकी (फौजदारी) र (देवानी) संहिता २०७४ का कतिपय प्रावधानले प्रेसको अधिकारलाई अंकुश लगाउने देखिएको भन्दै त्यसलाई सच्याउन यहाँको प्रेस जगत् र सरोकार भएका पक्षले माग गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले आयोजना गरेको ‘मुलुकी संहिता र अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्ने वक्ताले सो कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा संविधानमै मौलिक हकका रुपमा व्यवस्था भएको सूचना र सञ्चारको हकको प्रतिकूल हुने गरी कानून बन्न नहुने नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरिषले बताउनुभयो ।

उहाँले नयाँ कानूनले भय नभई आशङ्का जन्माएको भन्दै त्यसलाई संशोधन गरी प्रेसमैत्री बनाउन माग गर्नुभयो ।

उच्च अदालत बागलुङ बारका अध्यक्ष केशवराज पराजुलीले फौजदारी र देवानी संहिताले व्यक्तिको स्वतन्त्रतालाई महत्व दिएको बताउनुभयो ।

उहाँले प्रेस जगत् आत्तिहाल्नु पर्ने अवस्था नभएको भन्दै प्रेस प्रतिकूल देखिएका प्रावधानलाई संशोधन गर्नुपर्ने उल्लेख गर्नुभयो । “व्यक्तिको स्वतन्त्रता र गोपनीयतालाई कानूनले विशेष जोड दिएको छ”, उहाँले भन्नुभयो, “सार्वजनिक थलोमा प्रेसलाई कहीँकतै बाधा छैन ।”

प्रेससम्बन्धी नयाँ बन्न लागेका सूचना र सञ्चारको हकलाई प्रेसमैत्री बनाउन राज्यलाई बेलैमा सुझाव दिनुपर्ने उहाँको भनाइ छ ।

नागरिक समाज बागलुङका संयोजक काजी गाउँले श्रेष्ठले आवश्यकताको आधारमा कानून संशोधन हुन सक्ने भन्दै प्रेसको अधिकारलाई राज्यले संरक्षण गर्नुपर्ने बताउनुभयो । पत्रकार प्रकाश बरालले कानूनमा उल्लेख गरिएका कतिपय व्यवस्थाले खोज पत्रकारिता गर्न जटिलता थप्न सक्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले सञ्चार जगत् पनि मर्यादित र राज्यप्रति उत्तरदायी बन्नुपर्ने उल्लेख गर्नुभयो । मुलुकी अपराध संहिता ऐन र मुलुकी फौजदारी संहिता ऐनमा भएको राज्यविरुद्धको कसुरसम्बन्धी केही व्यवस्था, गोपनीयता र गाली बेइज्जतीसम्बन्धी प्रावधानले प्रेस स्वतन्त्रतामा अंकुश लाग्न सक्ने देखिएको भन्दै पत्रकार महासङ्घलगायतका प्रेससँग सम्बन्धित सङ्घसंस्थाले ती बुँदा संशोधन गर्न माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu