ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

योजना विवादका कारण पाटन नगरसभा हुन सकेन


bhawani desk
१४ भदौ २०७५, बिहिबार   २ : ०३   बजे

बैतडी,१४ भाद्र । योजना विवादका कारण असारसम्म गरिसक्नुपर्ने बैतडीको पाटन नगरपालिकाका नगरसभा हालसम्म हुन सकेको छैन ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा असारभित्र स्थानीय तहहरुले नगरसभा तथा गाउँसभा गरिसक्नुपर्ने व्यवस्था भएको भए पनि पाटन नगरपालिकाले अहिलेसम्म नगरसभा सम्पन्न गर्न सकेको छैन ।

गत असारमै नीति तथा कार्यक्रम पारित गरेको नगरपालिकाले नगरसभा भने अहिलेसम्म सम्पन्न गर्न नसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन अधिकारीले जानकारी दिनुभयो । नगरपालिकाले पारित गर्ने बजेटका विषयमा जनप्रतिनिधिबीच कुरा नमिलेपछि नगरसभा बस्न नसकेको हो ।

नगरसभाले बजेट पारित गर्नुपर्ने भए पनि अझै पनि नगरसभा सम्पन्न नभएकाले चालू आवमा कुनै काम अघि बढाउन नसकिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिनुभयो ।

नगरपालिकामा रु सात करोड बजेट आएको तर सबै वडाको वडास्तरीय भेलाबाट रु १३ करोडसम्म हुने गरी योजना छनोट भएर आएकाले समस्या भएको पाटन नगरपालिकाका नगरप्रमुख केशवबहादुर चन्दले बताउनुभयो ।

वडाबाट आएका योजना र बजेट कुन कुन क्षेत्रमा कसरी छुट्याउने भन्ने कुरा मिलेको छैन उहाँले भन्नुभयो, “बजेट कसरी छुट्याउने भनेर कार्यविधि बनाउने तयारी गरेका छौँ ।” भदौ अन्तिम सातासम्म विवाद अन्त्य भई नगरसभा भइसक्नेसमेत नगरप्रमुख चन्दले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group