ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरीलाई दिए यस्तो निर्देशन


एबीसी न्यूज
१४ भदौ २०७५, बिहिबार   ५ : २७   बजे

काठमाडौं, १४ भाद्र ।  गृहमन्त्री रामबहादुर थापाले महिला हिंसा र बलात्कारका घटनाको न्यूनीकरण गर्नका लागि तत्कालै विशेष योजना बनाउन प्रहरीलाई निर्देशन दिनुभएको छ ।

गृह मन्त्रालयमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बोलाएर गृहमन्त्री थापाले पछिल्लो समय महिला हिंसा र बलात्कारका घटनाका समाचारले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता घृणित कार्य रोक्नका लागि विशेष योजना बनाउन आवश्यक रहेको बताउनुभयो ।

बलात्कारका घटना न्यूनीकरणका लागि देशव्यापीरुपमा अभिभावकदेखि बालबालिकासम्मलाई सचेतनामूलक कार्यक्रम र जागरण अभियान सञ्चालन गर्नुपर्ने मन्त्रालयले ठहर गरेको छ । गृहमन्त्री थापाले यस्ता घटनामा मिलापत्र गराउन खोज्नु पनि अपराध हो भन्दै कहीँकतै त्यस्तो भए उनीहरुलाई समेत कारवाहीको दायरामा ल्याउन प्रहरी महानिरीक्षकलाई निर्देशन दिनुभयो ।

महिला हिंसा एवं बलात्कारका घटनाका उजुरीमा लापर्वाही नगरी गम्भीरतापूवर्क कारवाही अघि बढाउन उहाँले प्रहरीलाई निर्देशन दिनुभयो । गृहसचिव प्रेमकुमार राईसमेत सहभागी सो छलफलमा गृहमन्त्री थापाले कञ्चनपुरमा बालिका मृत्यु घटनाको सत्यतथ्य बाहिर ल्याउनका लागि गठित छानबिन समितिलाई सहयोग पुग्ने गरी सबै पक्षले काम गर्नुपर्ने बताउनुभयो ।

अभियान शुरु गर्दै

अनियन्त्रित मदिराको बिक्रीवितरण र लागूपदार्थको सेवनलगायत कारणले बलात्कार र महिला हिंसाको घटना बढेको ठहर गर्दै यसविरुद्ध मन्त्रालयले अभियान शुरु गर्ने भएको छ । मन्त्रालयले केही दिनभित्रै देशव्यापी रुपमा ‘लागूपदार्थ निषेध र मदिरा नियन्त्रण अभियान’ सञ्चालन गर्ने भएको छ । मदिराको व्यवस्थित बिक्री वितरण र सेवनसम्बन्धी प्रस्ताव मन्त्रालयले मन्त्रिपरिषद्मा लैजानका लागि तयार पारेको छ ।

सो प्रस्ताव पारित भएलगत्तै यही भदौ मसान्तभित्रै सो अभियान घोषणा गर्ने मन्त्रालयको तयारी छ । इन्टरनेटमार्फत अश्लीलता बढेका कारण पनि बलात्कारका घटना वृद्धि भएकाले यसको नियमनबारेमा समेत मन्त्रालयले छलफल शुरु गरेको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी प्रभावितको उद्धार पुनः सुरु, गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

भोटेकोशीको बाढीले तहसनहस बनायो त्रिशूली मावि, समयमै विद्यार्थी निकालिँदा ठूलो मानवीय क्षति टर्‍यो

सम्बन्धित

अमेरिकी डलर स्थिर, अस्ट्रेलियन डलर महँगियो; युरो र पाउन्ड घट्यो

त्रिशूली बाढीको ठूलो प्रहारः रसुवा, नुवाकोट र धादिङमा ३५ पुल बगे 

नेपालको विदेशी विनिमय सञ्चिति ३९ खर्ब नजिक, २३ महिनाको वस्तु आयात धान्न पर्याप्त

बाढीमा मृत्यु हुनेको संख्या १५७ पुग्यो

बैंक तथा वित्तीय संस्थाको निक्षेप र निजी क्षेत्रमा कर्जा प्रवाह बढ्यो

सर्लाहीका भूमिगत सिँचाइ प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu