ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यसरी सकियो बिम्स्टेकको रिट्रिट


एबीसी न्यूज
१५ भदौ २०७५, शुक्रबार   १२ : ०८   बजे
Nepal Live

काठमाडौं, १५ भाद्र  ।   बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालका खाडी राष्ट्रहरुको प्रयास (बिम्स्टेक)का राष्ट्राध्यक्ष/सरकार प्रमुखको अनौपचारिक राजनीतिक संवाद (रिट्रिट) सकिएको छ।

काठमाडौंको ताहाचलस्थित सोल्टी होटलको पौडी पोखरी परिसरमा आयोजना गरिएको रिट्रिटमा सबै देशका राष्ट्राध्यक्ष/सरकार प्रमुख तथा उनका जीवनसाथीहरुको पनि सहभागिता रहेको थियो।

रिट्रिटमा बिहानको खाजाको प्रबन्ध गरिएको थियो। सदस्य देशका राष्ट्राध्यक्ष/सरकार प्रमुखका निम्ति एउटा मुख्य टेबल र सोही टेबल नजिक उनीहरूका श्रीमती तथा श्रीमानलाई बेग्लै टेबलको व्यवस्था गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। आफ्नै भाषामा अभिव्यक्त गर्न चाहने राष्ट्राध्यक्ष/सरकार प्रमुखका लागि दोभाषेको पनि व्यवस्था गरिएको थियो।

बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा उनकी धर्मपत्नी राधिका शाक्यले रिट्रिटस्थलमा सदस्य मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुख तथा उनका जीवनसाथीलाई स्वागत गरेका थिए। त्यसअघि पञ्चकन्याले पनि उनीहरुलाई पुष्पगुच्छासहित स्वागत गरेका थिए।

रिट्रिटमा बिम्स्टेक राष्ट्रका बाह्य मामिला/विदेशमन्त्री/राज्यमन्त्री पनि सहभागी थिए। उनीहरूलाई भने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले तथा बाह्य मामिला/विदेश मन्त्रालयका सचिवलाई भने परराष्ट्र सचिव शङ्करदास वैरागीले स्वागत गरेका थिए।

रिट्रिटस्थलमा सदस्य देशका विशिष्ट अतिथि र उच्चपदस्थ अन्य पाहुना आउँदा पृष्ठभूमिमा सबै देशका राष्ट्रिय धुन मन्द र मधुर ध्वनिमा बजाइएको थियो। रिट्रिटका क्रममा बिहानी खाजाको कार्यक्रम पूरा भएपछि राष्ट्राध्यक्ष/सरकार प्रमुखका लागि केही समय व्यक्तिगत कुराकानीका निम्ति छुट्याइनुका साथै रिट्रिटको समाप्तीमा सामूहिक तस्बीरसमेत खिचाइएको शिष्टाचार महापाल दीपक अधिकारीले बताए।

सो क्रममा राष्ट्रप्रमुखहरु एकअर्काबीच हाँसोमजाकमा अभ्यस्त देखिन्थे। कतिपय भने लामो समय नै लिएर गम्भीर कुराकानीसमेत गरिरहेका थिए। आफ्ना जीवनसाथीसँगै उभिएका राष्ट्रप्रमुखहरुलाई एकअर्कासँग परिचय गर्ने माध्यम समेत बनेको देखिन्थ्यो बिम्स्टेककाे रिट्रिट।

यस्तै सम्मेलनका दौरानमा बाहेक विरलै हुने सामूहिक भेटमा आफ्ना देशका विविध आयाम, योजना तथा सम्बन्धका विषयमा समेत सम्वाद हुने अवसरका रुपमा लिइन्छ रिट्रिटलाई। प्रधानमन्त्री ओलीले पनि व्यक्तिगत तथा सामूहिक रुपमा यो अवसरलाई सदुपयोग गरिरहेको प्रतित हुन्थ्यो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गम्भीर मुद्रामा देखिएका ओली भुटानका अन्तरिम सरकारका सल्लाहकार एवम् प्रधानन्यायाधीश दासो छिरिङ वाङचुकसँग भने निकै हर्षित मुद्रामा सम्वादमा उत्रिएका थिए।

औपचारिक रूपमा अभिव्यक्त गर्न नसकिने विषय उठाउने उपयुक्त अवसरका रूपमा यस्ता भेटवार्ता उपयोगी हुने पूर्व परराष्ट्र सचिव तथा पूर्वराजदूत मधुरमण आचार्यले बताए। ‘रिट्रिटलाई अनौपचारिक राजनीतिक परामर्श गर्ने माध्यमका रुपमा लिइन्छ। यस्तो बेला व्यक्तिगत तथा मनका कुरासमेत साट्न पाइन्छ।’, उनले भने।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)मा पनि राजनीतिक संवादका नीम्ति रिट्रिटको प्रावधान रहेको स्मरण गराउँदै उनले औपचारिक ‘एजेण्डा’मा छलफल नै नहुने विषय रिट्रिटमा विचारविमर्श हुने बताए।

रिट्रिटमा द्विपक्षीय, बहुपक्षीय मामिलाका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषय मात्र होइन जारी सम्मेलन/बैठकमा आफ्नो प्रस्तावको विरोध वा समर्थन के हुनसक्छ भन्ने बुझ्न र आफ्नो पक्षमा समर्थन जुटाउन प्रयास हुने पूर्व राजदूत आचार्यले उल्लेख गरे। रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group