ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसिया कप छनोट : नेपालले आज केहिबेरमा मलेसियासँग खेल्ने


एबीसी न्यूज
१६ भदौ २०७५, शनिबार   ७ : १६   बजे

काठमाडौ, १६ भाद्र । एसिया कप छनोट छनोट अन्तर्गत केहिबेरमा नेपालले मलेसियासँग खेल्दैछ ।

सुरूवाती दुर्इ खेलमा हार ब्यहोरेको नेपालले प्रतियोगिताको फाइनलको आशा जिवित राख्न बाँकि सबै खेल जित्नु पर्नेछ । त्यसैले नेपाललाई खेल जित्नै पर्ने दबाव छ ।

अघिल्ला दुई खेलमा एउटै प्लेइङ –११ रहेको नेपालको टोलीमा मलेसिया विरुद्ध केही परिवर्तन हुने सम्भावना पनि छ। ५० ओभरको खेलमा नेपालले मलेसियासँग हारेको छैन। अहिलेसम्म यी दुई टिम ६ पटक खेलेका छन् ।

सन् २००२ मा भएको एसीसी ट्रफीमा नेपालले मलेसियालाई २५ रनले पराजित गरेको थियो। यस्तै २०१० को एसीसी ट्रफि एलिटमा नेपालले मलेसियालाई ८ रनले पराजित गरेको थियो भने २०१२ मा भएको डिभिजन ४ मा नेपालले मलेसियामाथि १० विकेटको जित हात पारेको थियो।

२०१२ कै एसीसी ट्रफी एलिटमा नेपालले मलेसियालाई २१ रनले पराजित गरेको थियो भने २०१४ को एसीसी प्रिमियर लिगमा नेपाल ५ विकेटले विजयी भएको थियो।

पछिल्लो पटक नेपालले सन् २०१४ को डिभिजन थ्री मा मलेसियासँग खेलेको थियो। मलेसियामै भएको त्यो खेलमा नेपाल डिएल मेथडमा ३६ रनले विजयी भएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीबारे प्राविधिक प्रतिवेदन सार्वजनिक, बिहान ९:०५ बजे तिब्बततर्फबाट ठूलो बाढी प्रवेश भएको सूचना

रसुवा–नुवाकोटमा फेरि ठूलो बाढी आउने हल्ला निराधार : बाढी पूर्वानुमान महाशाखा

सम्बन्धित

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

श्रीलंकन अलराउन्डर सहान अराचिगे काठमाडौं गोर्खाजमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu