ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूँजी निर्माण नगरेसम्म दान, अनुदान ऋणले मुलुक बन्दैन : मन्त्री बाँस्कोटा


एबीसी न्यूज
१६ भदौ २०७५, शनिबार   ४ : ०३   बजे


काठमाडौं,१६ भाद्र । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले देश निर्माण गर्न समाजका सबै वर्ग सक्रिय हुनुपर्ने बताउनुभएको छ ।

पिपुल्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औँ साधारणसभाको आज काभ्रेपलाञ्चोकको बनेपामा उद्घाटन गर्दै उहाँले भन्नुभयो, “देश निर्माण गर्ने सरकारको सङ्कल्पलाई पूरा गर्न समाजका सबै वर्ग सक्रिय रुपमा लाग्नुपर्दछ ।”

मन्त्री बाँस्कोटाले राष्ट्रले लिएको समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्प पूरा गर्न सहकारी क्षेत्र एउटा महत्वपूर्ण खम्बा भएको उल्लेख गर्दै “पूँजी निर्माण नगरेसम्म दान, अनुदान वा ऋणले मुलुक बन्दैन, त्यसैले सहकारीेले पूँजी निर्माण गर्नेतर्फ अग्रसर हुनुपर्दछ भन्नुभयो ।”

“देश निर्माण गर्न प्रभावकारी योजना तथा पूँजी र प्रविधिको आवश्यकता पर्छ”, उहाँले भन्नुभयो, “राष्ट्रिय पूँजी निर्माणमा सहकारी क्षेत्रले महत्वपूर्ण योगदान दिन सक्छ ।”

मन्त्री बाँस्कोटाले पशुपतिको भेटी व्यवस्थापन गर्न नसक्दा अर्कासित हात थापेर धर्माशाला बनाउनुपरेको अवस्था रहेको उल्लेख गर्दै प्रत्येक नेपाली सुखी नभए मुलुक समृद्ध हुन नसक्ने र यसका लागि राष्ट्रिय पूँजी परिचालन आवश्यक रहेकोमा जोड दिनुभयो ।

सहकारीले चर्काे व्याजदर लिएको भए त्यसलाई सच्याउन आग्रह गर्दै उहाँले उत्पादनमूलक क्षेत्रमा पूँजी परिचालन गरी समृद्ध मुलुक निर्माणमा सहयोग गर्न सहकारीकर्मीलाई आग्रह गर्नुभयो ।

मन्त्री बाँस्कोटाले समाजिक न्याय र समतामूलक समाज निर्माणका लागि आर्थिक रुपान्तरणले मात्रै हुँदैन् भन्दै यसका लागि समाजिक र सांस्कृतिक रुपान्तरण पनि जरुरी भएकाले यसतर्फ सहकारी क्षेत्रले प्रभावकारी भूमिका खेल्न सक्नुपर्दछ भन्नुभयो ।

पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नवराज केसीले संस्थामा आवद्ध सम्पूर्ण शेयर सदस्यका लागि समृद्धि अभियान सञ्चालन गर्ने बताउँदै संस्थालाई भविष्यमा सूचना प्रविधिमैत्री बनाउँदै लैजानले धारणा व्यक्त गर्नुभयो ।

रु एक करोड ८६ लाख तीन हजार ७०० शेयर पूँजी रहेको सो संस्थाको कूल निक्षेप रु १४ करोड ७२ लाख १२ हजार ९७१ छ । उक्त संस्थामा बाल बचत, संस्थागत र शेयर सदस्य गरी चार हजार ५०० सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu