काठमाडौँ, १७ भाद्र । स्पेनिस ला लिगामा रियल मड्रिडले अपराजित यात्रालाई कायमै राखेको छ । शनिबार राति भएको खेलमा पुछारबाट दोस्रो स्थानमा रहेको लेगानेसलाई चार–एकले हराउँदै रियलले जितको यात्रालाई कायमै राख्यो । घरेलु मैदानमा भएको खेलमा रियलको जितमा ग्यारेथ बेल एक र करिम बेन्जिमाले दुई गोल गरे ।
खेलको १७ औं मिनेटमा ग्यारेथ बेलको गोलमार्फत रियलले अग्रता बनायो । तर २४ औं मिनेटमा लेगानेसले पाएको पेनाल्टीलाई कारीलोले गोल गर्दै खेल एक–एकको अवस्थामा पुर्याए ।
पहिलो हाफ एक–एक गोलको बराबरीमा सकिएको खेलको ४८ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियाललाई पुनः अग्रता दिलाए । त्यसपछि ६१ औं मिनेटमा पुनः बेन्जिमाले नै व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । त्यसको ५ मिनेट पछि रियलले पेनाल्टी पायो । जसलाई सर्जियो रामोसले गोलमा परिणत गरे ।
जितपछि रियालले ३ खेलबाट स्पष्ट जितका साथ नौ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको सेल्टा डी भिगोको सात अंक छ भने बार्सिलोनाको दुई खेलबाट ६ अंक छ ।
प्रतिक्रिया दिनुहोस्