ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वतन्त्र पत्रकारितालाई अङ्कुश नलगाइयोस्: सांसद खाँण


एबीसी न्यूज
२० भदौ २०७५, बुधबार   ३ : २०   बजे

 काठमाडौं २० भाद्र । प्रतिनिधिसभामा सांसदले विकास निर्माण, मलखाद र बाढीपहिरोसँग सम्बन्धित विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै सांसद टेकबहादुर बस्नेतले पछिल्लो बाढी पहिरोमा परी सल्यानमा घर भत्कँदा पाँचको मृत्यु भएकाले पीडित परिवारलाई राहत उपलब्ध गराउन माग गर्नुभयो ।

सांसद तीलबहादुर महत क्षेत्रीले चितवन र नवलपरासी जिल्लामा हुलाकी राजमार्ग निर्माणलाई तीव्रता प्रदान गर्न आग्रह गर्नुभयो । सांसद तेजुलाल चौधरीले शान्तिपूर्ण आन्दोलनमा रहेका जनतालाई बर्दियामा प्रहरीले धरपकड गरेर लोकतन्त्रकै धज्जी उडाउने काम गरेको हुँदा त्यस्तो कार्यलाई तत्काल रोक्न सरकारलाई सुझाव दिनुभयो ।

सांसद दलबहादुर रानाले सङ्घ, प्रदेश र स्थानीय तहको साझा सूचीमा रहेका कानून बनाउने कार्यलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिनुभयो ।
सांसद दिलेन्द्रप्रसाद बडूले त्रिभुवन विश्वविद्यालयबाट सञ्चालन गर्ने वार्षिक परीक्षाको प्रश्नपत्र परीक्षा हुनु अघि नै सार्वजनिक गर्नेलाई कारवाही गर्न र पोखरा विश्वविद्यालयमा भएको अनियमितताको छानबिनको माग गर्नुभयो ।

सांसद देवप्रसाद गुरुङले काठमाडौंमा २४ मुलुकका सैनिकको अभ्यास हुँदै आएको सूचना प्राप्त भएकाले त्यो कार्य हाम्रो परराष्ट्र नीतिअनुरुप छ कि छैन भनी प्रश्न गर्नुभयो ।

सांसद देवप्रसाद तिमिल्सिनाले लामो समयदेखि उखु किसानले चिनी मिलबाट भुक्तानी पाउन नसकेकाले त्यसका लागि पहलका गर्न माग गर्नु भयो भने सांसद देवेन्द्र पौडेलले कालीगण्डकी कोरिडोर सडक निर्माणको कामलाई तीव्रता दिने ढङ्गबाट काम अघि बढाइयोस् भन्नुभयो ।

सांसद नारायणप्रसाद खतिवडाले पासाङल्हामु राजमार्गका विभिन्न ठाउँमा पहिरोले सडक पटकपटक अवरुद्ध हँुदै आएकाले पहिरो हटाएर अविलम्ब सहजरुपमा सञ्चालन गर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।

सांसद नारायणप्रसाद मरासिनीले प्रदेश नं ४ र प्रदेश ५ नं लाई जोड्ने कालीगण्डकीमाथि रहेको राम्दी पुल जीर्ण अवस्थामा रहेकाले तत्काल मर्मत सुधार होस् भन्नुभयो ।

सांसद पदम गिरीले पर्वत जिल्लाका विभिन्न स्थानमा बाढीपहिरोबाट पुलमा क्षति पु¥याएकाले तत्काल मर्मत सुधारका लागि माग गर्नुभयो । सांसद पार्वता डिसी चौधरीले लामो समयदेखि सञ्चालनमा आउन नसकेको राप्ती विज्ञान प्रतिष्ठानलाई अब तत्काल सञ्चालनमा ल्याइयोस् भन्नुभयो ।

सांसद पार्वतीकुमारी विसङ्खेले दैलेख भएर हिमाली जिल्ला जोड्ने कर्णाली राजमार्गमा लामो समयदेखि शिलान्यास भएर पनि अलपत्र अवस्थामा राख्ने ठेकेदारलाई कारवाही गर्न र पुल निर्माणलाई अघि बढाउन माग गर्नुभयो ।

सांसद पूर्णकुमारी सुवेदीले अहिले नेपाली जनताले शान्ति र विकास खोजे पनि विकासको गति अलमल भएको अवस्थामा रहेकाले नयाँ योजना बनाएर विकास र समृद्धिलाई अघि बढाइयोस् भन्नुभयो । सांसद प्रकाश रसाइलीले मुलुकी फौजदारी अपराध संहिताले प्रेस स्वतन्त्रतालाई अङ्कुश लगाएको बताउँदै संशोधन गर्न माग गर्नुभयो ।

सांसद प्रतिमा राईले कटारीबाट घुर्मी जाने सडक क्षेत्रमा पार्किङ शुल्कका नाममा गैरकानूनी काम भएकाले त्यसलाई रोक्न माग गर्नुभयो । सांसद प्रमोद शाहले मुलुकभर युरिया मलका लागि किसानले निकै कठिनाइ भोग्नु परिरहेको अवस्थालाई अत्यन्त गर्न र कालीमाटी तरकारी बजारका स्टल बिचौलीयाको ठूलो आम्दानीको स्रोत बन्दै आएकाले छानबिन होस् भन्नुभयो ।

सांसद बालकृष्ण खाँणले लोकतान्त्रिकको मेरुदण्डका रुपमा रहेको स्वतन्त्र पत्रकारितालाई अङ्कुश लगाउने काम कोही कसैबाट हुन नहुने धारणा व्यक्त गर्नुभयो ।  रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu