ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारद्वारा एनालग प्रविधि बन्द गर्न कडाइ


एबीसी न्यूज
२१ भदौ २०७५, बिहिबार   १२ : ४३   बजे


बाँके, २१ भाद्र । काठमाडौँमा पूर्णरुपमा एनालग टेलिभिजन बन्द भएसँगै यसको कडाइका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अन्य शहरमा पनि यो प्रविधि बन्द गर्न अनुगमन शुरु गरेको छ ।

सरकारले देशभरका सबै एनालग टेलिभिजन बन्द गराउन अनुगमन गरिरहेको मन्त्रालयका योजना शाखाका अधिकृत सन्तोषकुमार खत्रीले जानकारी दिनुभयो ।

“एनालग टेलिभिजनको सेवा गुणस्तरीय र समयसापेक्ष नभएकाले अन्तर्राष्ट्रिय नियमअनुसार नै यसलाई विस्थापन गर्न लागिएको हो”, शाखा अधिकृत खत्रीले भन्नुभयो, “अब चल्ने एनालग केवल टेलिभिजन अवैध ठहरिनेछ ।” सरकारले देशभरि यो सेवा बन्द गर्न असार मसान्तसम्मको समय दिएको थियो ।

सरकारले दिएको समयावधि पालना गरे-नगरेको अध्ययनका लागि शाखा अधिकृत खत्री र इलेक्ट्रोनिक इञ्जिनीयर अनिल भुजेलको दुई सदस्यीय टोलीले नेपालगञ्जस्थित बागेश्वरी केवल टेलिभिजन र सुपर भिजन केवल टेलिभिजनको अनुगमन गरेको छ । अनुगमनका क्रममा सञ्चालनमा रहेको एनालग सेवा बन्द गरिदिएको छ ।

नेपालको पूर्वी क्षेत्रबाट उक्त प्रविधिको केवल टेलिभिजन बन्द गर्न शुरु गरेको टोलीले टेलिभिजनको डिजिटाइजेशनलाई बाध्यात्मक बनाउन नेपालगञ्जमा पनि अनुगमनसँगै एनालग सेवा बन्द गरेको शाखा अधिकृत खत्रीको भनाइ छ । यो प्रणालीअनुसार ग्राहकले घरमा जति टिभी छन्, त्यति नै सेट–टप बक्स जोड्नुपर्छ ।

अहिले केवल सञ्चालकले ग्राहक सङ्ख्या न्यून देखाएर मूल्य अभिवृद्धि कर (भ्याट) बिल जारी नगर्ने समस्या बढेसँगै अनुगमन थालिएको मन्त्रालयका शाखा अधिकृत खत्रीले बताउनुभयो । उहाँका अनुसार भारतीय डिटीएचबाट गैर कानूनीरुपमा संकेत (सिग्नल) लिएर वितरण गर्ने परम्परा तोड्न पनि अबको व्यवस्था प्रभावकारी हुने अपेक्षा छ ।

“अब हरेक टेलिभिजनमा सेट–टप बक्स राखेर सेवा लिएबापत सञ्चालकलाई छुट्टै शुल्क तिर्नु पर्दैन”, इलेक्ट्रोनिक इञ्जिनीयर भुजेलले भन्नुभयो, “यसले सरकारको राजश्वमा पनि वृद्धि हुनुका साथै पूर्णरुपमा डिजिटाइजेशन प्रक्रिया सकिएपछि केवल टेलिभिजनको गुणस्तरहीन सेवाबाट आम उपभोक्ताले मुक्ति पाउने छन् ।”

यो व्यवस्थाअनुसार हरेक टेलिभिजनका लागि रु एक हजार ५०० देखि रु चार हजार ५०० मूल्यका छुट्टै सेट–अप बक्स लगाउनुपर्छ । यो प्रणालीअनुसार ग्राहकले प्रत्येक टेलिभिजनमा छुट्टाछुट्टै त्यस्तो बक्स जोड्नुपर्छ । हरेक टेलिभिजनमा उक्त बक्स राखेर सेवा लिएबापत सञ्चालकलाई छुट्टै शुल्क तिनुपर्छ ।

नेपालगञ्जमा सेवा दिइरहेका केवल टेलिभिजनले भारतीय डिटीएचबाट गैरकानूनीरुपमा सिग्नल लिएर वितरण गरिरहेको पाइएको छ । नेपालमा भन्दा सस्तो मूल्यमा पाइने भारतीय डिटीएच गैरकानूनीरुपमा केवल टेलिभिजनले नै प्रयोग गरिरहेको पाइएको छ । टोलीले नेपालगञ्जस्थित बागेश्वरी केवल टेलिभिजनमा गरेको अनुगमनका क्रममा भारतीय डिटीएचसमेत हटाएको छ । विदेशी डिटीएचको आयात, बिक्री, वितरण र प्रयोगमा सरकारले रोक लगाए पनि नेपालगञ्जलगायत तराईका जिल्लामा यसको प्रयोग बढ्दो क्रममा रहेको देखिन्छ ।

केवल अपरेटरमार्फत नै गैरकानूनी डिटीएच प्रयोग भइरहेको छ” इलेक्ट्रोनिक इञ्जिनीयर भुजेलले भन्नुभयो, “गैर कानूनीरुपमा भारतीय डिटीएच प्रयोग गर्दा सस्तो पर्ने भएकै कारण यसको प्रयोग बढेको हो । यसलाई रोक्न मन्त्रालय तहबाटै भारतीय सेवाप्रदायक कम्पनीसँग छलफल गर्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu