ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको कुटनीति आर्थिक समृद्धि र विकास : प्रचण्ड


ABC NEWS
२३ भदौ २०७५, शनिबार   १२ : १२   बजे

काठमाडौं २३ भदौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतलाई नेपालको आर्थिक विकासमा सघाउन अपिल गरेका छन् ।
तीन दिने भारत भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथसिंह, राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोभल र विदेशमन्त्री सुस्मा स्वराजसंग भेटवार्ता गरेका छन् । ती भेटवार्ता पहिले भारतीय विश्व सम्बन्ध परिषद् (आइसिडब्लुए)ले शुक्रबार अपरान्ह नयाँ दिल्लीमा गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले नेपाल भारत सम्बन्धका विविध आयाममा बोलेका थिए । भारतसँग नेपालको सम्बन्ध विशिष्ठ रहेको तर, नयाँ परिप्रेक्ष्यमा परिभाषित गर्नुपर्ने आवश्यकता रहेको प्रचण्डले बताए ।

अन्तरक्रियामा प्रचण्डले इतिहासको स्मरण गर्दै भने – बाह्र वर्षे द्वन्द्व र त्यसपछिका बाह्र वर्षको परिस्थिति विल्कुल फरक परिस्थिति हो  । युद्धलाई शान्तिमा बदल्नु जोखिम र चुनौतीपूर्ण कार्य थियो  । मेरा लागि यो अवसर थियो  । सम्राट् अशोक पछि बौद्धमार्गी भए  । मलाई पनि उनीजस्तै बन्ने अवसर प्राप्त भयो  । मेरा लागि यो दुर्लभ अवसर हो  । मसँग अरू विकल्प पनि थिएन  । मैले हतियार र लडाकु व्यवस्थापनको जोखिम लिएँ, जसका कारण पार्टी फुट्यो, हामी तेस्रो भयौँ  । यसमा मलाई पछुतो छैन  । तर फेरि नेपालको कम्युनिस्ट आन्दोलन नै एकीकृत गरेर देशलाई राजनीतिक स्थिरता र समृद्धिको बाटोमा अघि बढाउने तहमा पुगेका छौं । यसमा मलाई गर्ब छ । ’ प्रचण्डले भदौ २२ गते भारतीय बद्धिजीवीहरुका बीचमा नेपालको विकसित स्थितिका बारेमा यसरी व्याख्या गरेका थिए । वाम तालमेलदेखि पार्टी एकतासम्मको प्रक्रियामा असन्तुष्ट बनेको भारतलाई प्रचण्डले भने ’विकसित र समुन्नत छिमेकी (भारत र चीन) हाम्रो उन्नति र आर्थिक विकासका लागि अवसर हुन् । यो नेपाली जनताको साझा बुझाइ हो  ।
प्रचण्डले भारतसंगको कुटनीतिक सम्बन्ध केवल एकले अर्कालाई प्रयोग गर्ने वा भारतले नेपालको आन्तरिक मामिलमा खेल्ने तहबाट समृद्धिको यात्रामा सघाएर आफ्नो सुरक्षा चासोप्रति ढुक्क हुन समेत सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

संस्थागत बन्धक : व्यक्तिकेन्द्रित निरंकुशताको खतरा

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu