काठमाडौं २३ भदौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच एक घण्टा वार्ता भएको छ ।
वार्ता अत्यन्तै सकारात्मक भएको प्रचण्डले बताएका छन् । मोदीसंगको छलफलमा नेपालको आर्थिक समृद्धिमा भारतले मन फुकाएर सघाउन प्रचण्डले आग्रह गरेको स्रोतको भनाई छ । मोदीले नेपालको चाहना अनुसार भारतले सघाउन तयार रहेको प्रतिवद्धता दोहराएका छन् ।
यस अघि प्रचण्डले गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुस्मा स्वराज र राष्ट्रिय सुरक्षा सल्लाहार अजित डोभलसंग पनि भेटिसकेका छन् ।
मोदीसंगको भेटपछि प्रचण्डले एबीसीसंग भने – भारतको नेपाल नीति पुरानो अवस्थाबाट माथि उठेको छ । अब आपसमा शंकाको समस्या छैन ।
प्रतिक्रिया दिनुहोस्