ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहमति हुन नसके निर्वाचनबाट चयन


admin
२० भदौ २०७४, मंगलबार   ९ : २४   बजे

टोकियो (जापान), २० भदौ । गैरआवासीय नेपाली सङ्घ जापानमा निर्वाचनमार्फत पदाधिकारी चयन भएका छन् ।

नया“ नेतृत्व चयनका लागि दुईसाता लामो गृहकार्य सफल नभएर आइतबार भएको निर्वाचनमार्फत गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानले नया“ कार्यकालका लागि पदाधिकारी टुंगो लगाएको हो ।

सन् २०१७ देखि २०१९ का लागि काम गर्न इच्छा जनाएका उम्मेदवारबीच सहमति नभएका पदमा निर्वाचन भएको निर्वाचनले विजयी भएकाहरुले फराकिलो मतान्तरबाट प्रतिद्वन्द्वीलाई हराएका छन् ।

सहमति हुन नसकेका पदमध्ये उपाध्यक्षमा शिवप्रसाद पौडेल र सरोजकुमार खत्री निर्वाचित हुनुभएको छ । पौडेलले चार हजार २७६ र खत्रीले तीन हजार ९५८ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । महिला उपाध्यक्षमा अनिता गुरुङ सहमतिमा विजयी हुनुभएको थियो ।

निर्वाचन समितिका अनुसार अध्यक्षमा टासीवाङदी लामा, वरिष्ठ उपाध्यक्षमा देवीलाल भण्डारी, महासचिवमा बुद्धिराज घिमिरे, कोषाध्यक्षमा कालिका थापा सहमतिमा दुईसाताअघि विजयी भए पनि अन्य पदमा आइतबार साँझसम्म निर्वाचन भएको थियो ।

सचिवमा प्रतिद्वन्द्वी वासुदेव लामिछानेलाई हराउँदै जनकविक्रम शाहीले तीन हजार ७७४ मत पाएर विजयी हुनुभयो । लामिछानेको पक्षमा जापानभरबाट तीन हजार १९१ मत खसेको थियो । सहकोषाध्यक्षमा एकल उम्मेदवार भएर रामबहादुर थापा दुईसाताअघि निर्वाचित हुनुभएको थियो ।

त्यस्तै, पाँचजना सदस्यका लागि २१ जना प्रतिस्पर्धी भए पनि निर्वाचनमा खसेको सात हजार ५०३ मतमध्ये हस्त लामाले तीन हजार एक मत पाएर विजयी हुनुभयो । बालकृष्ण कँडेलले दुई हजार ५८७, लालबहादुर रावलले दुई हजार ५६२, नारायण खड्काले दुई हजार ४४४, राजनकुमार पौडेलले दुई हजार ४१२ मत पाएर विजयी हुनुभयो ।

त्यस्तै, एकजना महिला सदस्यमा सिर्जना पाण्डेले प्रतिद्वन्द्वी गीता आचार्य र कमला गैरेलाई फराकिलो मतान्तरबाट हराउनुभयो । पाण्डेको तीन हजार ३४० मत थियो भने पराजय भोगेका आचार्यको दुई हजार ८५५ र गैरेको पक्षमा ७८६ मत खसेको थियो ।

अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यमा अनुज थापा, डिलाराम खरेल, दिनेशकुमार गुरुङ, कपिलदेव थापा, केशर गिरी पनि साताअघि नै निर्विरोध चयन हुनुभएको थियो ।

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष पदमा साताअघि टुंगो लागेपनि अन्य पदका उम्मेदवार निर्वाचनमा जाने भनेपछि आइतबार बेलुकासम्म विद्युतीय मतदानमार्फत निर्वाचन भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी भ्रमणमा प्रधानमन्त्री बालेन : पोखराबाट मुस्ताङसम्मको पारिवारिक यात्रा

देउवाको चुनदेवी ‘कमब्याक’ : टिकट खोसियो, सभापति पद गयो, तर देउवाको शक्ति सकिएन !

सम्बन्धित

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल

छिटो न्याय दिए मात्रै जनताको भरोसा बढ्छ : प्रधानन्यायाधीश शर्मा

जनताको आशा र भरोसा बढाउन छिटो न्याय दिनुपर्छ: प्रधानन्यायाधीश शर्मा

पुराना बजारको अस्तित्व संकटमा, सडक र बसाइँसराइले फेरिँदैछ गण्डकीको भूगोल

परिवारसहित अस्ताम पुगे प्रधानमन्त्री बालेन, स्थानीय भेट्न खोजे तर सुरक्षाकर्मीले रोके

सुदूरपश्चिम सरकार विस्तार, तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu