ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा शिक्षाको खाडल बढ्दै जानु चिन्ताको विषय हो : उपराष्ट्रपति पुन


एबीसी न्यूज
२५ भदौ २०७५, सोमबार   ३ : ३९   बजे

काठमाडौं,२५ भाद्र । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा शिक्षाको खाडल दिनप्रतिदिन बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभएको छ ।

सानो ठिमीस्थित सानोठिमी क्याम्पसमा निर्माण हुन लागेको बहुउद्देश्यीय भवनको आज शिलान्यास गर्दै उहाँले निःशुल्क तथा सुलभ शुल्कमा पढ्न पाइने सरकारी विद्यालय र क्याम्पसमा विद्यार्थी सङ्ख्या न्यून हुँदै जानु र अत्यन्तै महँगा भए पनि निजीमा विद्यार्थीको चाप बढ्दै जानु गम्भीर चासो र चिन्ताको विषय बनेको बताउनुभयो ।

एउटा सामान्य नागरिकले आफ्ना सन्तानलाई चाहेजस्तो शिक्षा दिलाउन सकिरहेका छैनन् भन्दै उपराष्ट्रपति पुनले भन्नुभयो,“देशका अधिकांश विद्यार्थी गुणस्तरीय शिक्षाभन्दा बाहिर छन्, आर्थिक रुपमा बलिया र पहुँचवाला सन्तानले गुणस्तरीय शिक्षा पाउने तर ग्रामीण क्षेत्रका विपन्न नागरिकका सन्तान शिक्षाबाट वञ्चित हुने अवस्थाले सामाजिक रुपमा असमानता बढ्दै जानु देशका लागि सकारात्मक पक्ष होइन ।”

गुणस्तरीय शिक्षाका समस्या र चुनौतीलाई चिर्दै सरकारी विद्यालय र क्याम्पसको शिक्षामा गुणात्मक सुधार गर्नुपर्ने औँल्याउँदै उहाँले तीव्रगतिमा छलाङ मार्ने गरी शिक्षामा उल्लेखनीय सुधार हुनुपर्नेमा जोड दिनुभयो ।

नेपालको शिक्षा कता जाँदैछ, शिक्षाको गुणस्तर किन खस्किँदै छ भन्नेमा जिम्मेवार व्यक्ति गम्भीर बन्नुपर्ने र जवाफदेहिता लिँदै शिक्षाको गुणस्तर सुधारका लागि अग्रसर हुनैपर्ने उहाँको भनाइ थियो ।

उहाँले शिक्षा सङ्कायतर्फ विद्यार्थीको रुचि किन कम हुँदैगएको छ भन्नेतर्फ पनि ध्यान दिनु जरुरी रहेको औंल्याउनुभयो । उहाँले एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई शिक्षा सङ्काय रोज्ने वातावरण कसरी बनाउने भन्नेबारेमा ध्यान पु¥याउनु आवश्यक रहेको बताउनुभयो ।

गत आर्थिक वर्षमा उच्च शिक्षा अध्ययनका लागि विदेश जान अनुमति लिने ६० हजार विद्यार्थीमध्ये ९० प्रतिशत विद्यार्थी विदेश गएको बताउँदै उपराष्ट्रपति पुनले भन्नुभयो,“यसबाट करीब रु २७ अर्ब विदेशिएको छ, पछिल्लो पाँच वर्षमा मेडिकल शिक्षाका लागि मात्रै चार हजारभन्दा बढी विद्यार्थी विदेश पुगेका छन्, यसबाट रु २२ अर्ब बाहिरिएको छ, यो बिडम्बना हो ।”

कार्यक्रममा प्रदेश सदस्य डा राजेन्द्रमान श्रेष्ठ, त्रिविवि शिक्षा शास्त्र सङ्कायका डीन कृष्णप्रसाद गौतमलगायतले शिक्षामा सुधार गर्दै जानुपर्ने औंँल्याउनुभयो । त्यस अवसरमा क्याम्पसका प्रमुख रामचन्द्र घिमिरेले कम्युटर ल्याब, कक्षा कोठासहित व्यापारिक प्रयोजनमा समेत प्रयोग गर्न सकिने गरी बहुवर्षीय आयोजनाअन्तर्गत कूल रु चार करोड ९७ लाखको लागतमा बहुउद्देश्यीय भवन निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता

टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu