ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संघीय सरकारका बीचमा बाहिर चर्चा गरिएजस्तो सम्वन्ध चिसो भएको छैन – मन्त्री बस्नेत


एबीसी न्यूज
२९ भदौ २०७५, शुक्रबार   ५ : ००   बजे

काठमाडौं, २९ भाद्र । अष्ट्रेलियाले नेपालमा हरित उद्यमशीलतामार्फत जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्न चासो देखाएको छ ।
नेपालका लागि अष्ट्रेलियाली राजदूत पिटर बडले शुक्रबार सिंहदरबारमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग भेटेर यस्तो कुरा राखेका हुन् ।
यसअघिको भेटमा मन्त्री बस्नेतले राजदूत बडसमक्ष जनताको जीवनस्तरमा सुधार गर्ने प्रकृतिका कार्यक्रम सञ्चालनका लागि आग्रह गरेका थिए ।

अष्ट्रेलियाले पहिलो चरणमा प्रदेश तीन र कर्णाली प्रदेशमा उक्त कार्यक्रम सञ्चालन गर्ने बताएको छ । उनले कर्णाली प्रदेशमा कार्यक्रमको सम्भाव्यता अध्ययनका लागि असोज पहिलो साता टोली पठाउन लागिएको जानकारी दिए ।
‘पहिलो चरणमा प्रदेश तीन र कर्णालीमा हामी कार्यक्रम सञ्चालन गर्न चाहन्छौं,’ राजदूत बडले भने, ‘कर्णाली प्रदेशमा असोजको पहिलो हप्तासम्ममा हाम्रो अध्ययन टोली अध्ययनका लागि जान्छ ।’
राजदूत बडले नेपालमा भर्खरै मात्र संघीयता कार्यान्यवयनमा आएको भन्दै संघीयताको संवेदनशीलता बुझेर संघ, प्रदेश तथा स्थानीय तहका सरकारसँगको समन्वयमा कार्यक्रम सञ्चालन गरिने बताए ।

जवाफमा मन्त्री बस्नेतले स्थानीय तह, प्रदेश र संघीय सरकारका बीचमा बाहिर चर्चा गरिएजस्तो चिसो सम्बन्ध नरहेको स्पष्ट गर्दै समन्वयमै काम भइरहेको बताए ।

जीविकोपार्जनका लागि हरित उद्यमशीलता कार्यक्रमका लागि संघीय सरकारका तर्फबाट समन्वय गरिने विश्वास दिलाए ।

मन्त्री बस्नेतले सरकार वन क्षेत्रबाट मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रमा प्रत्यक्ष योदगान पुग्ने गरी काम गर्ने दिशामा अघि बढेको पनि उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group