काठमाडौं, ३० भाद्र । बलिउड अभिनेता गोविन्दा अहुजा छोरी टिना अहुजासँगै काठमाडौं आइपुगेका छन् ।
नेपाली चेली सुनिता राणासँग बिहे गरेका गोविन्दालाई नेपालको ज्वाई मानिन्छ । उनी बेलामौका घुुम्नका लागि नेपाल आउने गरेका छन् ।
शनिबार छोरीसहित काठमाडौं उत्रिएका उनी एलजी कामना सिने अवार्डका लागि नेपाल आएका हुन् । उनले केही धार्मिक पर्यटन स्थलको भ्रमण गर्ने पक्का भएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले नेपाल आफुलाई मनपर्ने ठाउँ भएको प्रतिक्रिया दिएका छन् । यसका साथै अभिनय जीवनमा एक फटक नेपाली फिल्ममा अभिनय गर्ने घोषणा पनि गरेका छन् ।
गोविन्दा बलिउडका डान्सिङ मास्टर हुन् । कतिपय फिल्ममा कोरियोग्राफरले पनि उनीबाट नृत्य सिक्ने गरेको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्