ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गर्लफ्रेण्डलाई ‘आइ लभ यु’ होइन, यी ७ कुरा भन्नुस्


एबीसी न्यूज
२ आश्विन २०७५, मंगलबार   ११ : ५०   बजे

एजेन्सी । यदि तपाई आफ्ना प्रेमीसँगको सुमधुर सम्बन्धलाई कायम राख्न चाहनुहुन्छ भने ‘आई लभ यु’ भन्दा यस्ता कुराहरु गर्दा बढी प्रभावकारी हुन्छन् । तपाईको प्रेमीलाई आई लभ यु भन्दा पनि वास्तविक र यर्थाथ कुरा सुन्ने मन हुन्छ । त्यसैले आज हामी त्यस्ता ८ कुराहरु भन्न जाँदैछौँ जसले तपाईको सम्बन्ध पक्का पनि बलियो र सुमधुर बनाइराख्न मद्दत गर्नेछ ।

१. म छँदै छु नि
प्रेम व्यक्त गर्नु र प्रेम गर्नु दुई अलग कुरा हुन् । कसैको राम्रो समयमा साथ रहन धेरै सजिलो हुन्छ तर दुःखको समयमा पनि आफ्ना साथीलाई भरोसा दिलाउन सकियो भने मात्र तपाई असल प्रेमी मानिनुहुनेछ । आफू भएको अनुभव गराएर सँधैं हौसला प्रदान गर्नाले तपाईको सम्बन्धमा अवश्य पनि राम्रो प्रभाव पर्नेछ । यदि तपाई भएकोमा ऊ विश्वस्त छ भने तपाईमा निर्भर तपाईको पार्टनर सँधैंभरि तपाईकै साथमा रहन चाहन्छ ।

२. सबै ठीक हुन्छ, चिन्ता नलेउ
आफ्ना नजिकका मानिस समस्यामा हुँदा यो कुरा त सबैले भन्ने गरेका छन् । तर यहि शब्द आफूलाई माया गर्ने विश्वासनीय मानिसले भन्यो भने यसले तपाईको पार्टनरका लागि निकै खास अनुभव दिलाउन सक्छ । तपाईको पार्टनरलाई साँच्चै नै सबै ठीक हुन्छ जस्तो लाग्छ । यसले तपाईहरुलाई अझै नजिक ल्याउन सहयोग गर्छ ।

३. केही छैन, मैले मनमा लिएको छैन
कतिपटक तपाईको पार्टनरको मुखबाट भन्न नहुने कुरा पनि निस्किन सक्छ । यस्ता कुरा भनेपछि हामीलाई पछि पछुतो समेत लाग्छ । यस्तोमा यदि तपाईको पार्टनरलाई तपाईले उसको गल्तीको महशुस गराउनुको सट्टा तुरुन्तै माफ गर्दिएर केही छैन मैले मनमा लिएको छैन भन्नुभयो भने त्यसपछिका दिनहरुमा उसले त्यस्तो गल्ती कहिल्यै गर्ने छैन र तपाईका गल्तीहरुलाई पनि माफ गर्दिनेछ ।

४. मलाई माफ गरिदेउ
कसैलाई माफी दिनु एकदमै ठूलो कुरा हो तर त्यो भन्दा पनि ठूलो काम आफ्नो गल्ती स्वीकार गरी माफ माग्नु हो । त्यसैले यदि तपाई आफ्नो पार्टनरलाई गल्तीका लागि माफी माग्नुहुन्छ भने उसको आँखामा तपाईका लागि झनै इज्जत बढेर जानेछ ।

५. घर पुगेपछि फोन गर है
यदि तपाईले आफ्नो पार्टनरलाई तपाईले उसको कति ख्याल गर्नुहुन्छ भन्ने अनुभव गराउन सक्नुभयो भने तपाईहरुको सम्बन्ध कहिल्यै पनि नराम्रो हुने छैन ।

६. यसबारे तिम्रो सोचाइ कस्तो छ ?
यसरी समय-समयमा आफ्नो पार्टनरलाई उनीहरुको विचारबारे बुझ्न चाहनुभयो भने उसलाई तपाईको जीवनमा उसको पनि महत्वपूर्ण स्थान रहेको आभास हुन्छ । यसले तपाईको सम्बन्ध अवश्य राम्रो बनाउने छ ।

७. तिमीलाई एकदम सुन्दर देखिएको छ
तपाईको पार्टनरका कतिपय कुराहरु तपाईलाई असाध्यै मन परेको हुन सक्छ । यस्तो बेलामा तपाईले उसको तारिफ गर्न हिचकिचाउनु हुँदैन । किनकी यसो गर्नाले तपाईको पार्टनरलाई सधैँ तपाईका लागि राम्रो देखिने मन हुन्छ र यसै खुसीमा तपाईप्रति उसको माया पनि प्रगाढ बन्दै जान्छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group