काठमाडौं, २ असोज । फेशन डिजाइनर तथा फिल्म निर्माता पुनम क्षेत्री गौतमको आयोजनामा फ्रान्समा अन्तराष्ट्रिय मोडलहरुले क्याटवाक गरेका छन् ।
बेलायत र अमेरिकापछि पुनम आफ्ना डिजाइनका साथ पेरिसको फेशन शोमा प्रस्तुत भएकि हुन । यस कार्यक्रममा विभिन्न देशका मोडलहरुको उस्थिति रहेको थियो ।
सेप्टेम्बर १२ मा एसएम ग्लोबलले आयोजन गरेको ‘क्याटवक पेरिस रिभोल्युसन’मा पुनमले पश्चिमा पहिरनमा नेपाली पहिरनको फिउजन गराएकी थिईन । उनले आफ्नो कलालाई मोडलमार्फत पहिरन प्रदर्शन गरेकि हुन । पेरिसको फेशन शोमा नेपाली संस्कृतिलाई पश्चिमा पहिरनमा फियुजन गरेर भिन्न किसिमको डिजाइन प्रस्तुत गरेपछि सहभागि विभिन्न देशका मोडलहरुले उक्त पहिरनको प्रशंसा गरेका थिए ।
पश्चिमा पहिरनमा नेपाली संस्कृतिको फियुजनको नया कुरा देख्न र लगाएर अनुभव गर्न पाएको उपस्थित मोडलहरुले बताए ।
सेप्टेम्बर १२ बाट शुरु भएको फेसन शो दुई दिनसम्म चलेको थियो । शोमा पुनम नेपालको एक्लो प्रतिनिधि हुन् भने दर्जन बढी देशका फेसन डिजाइनरको पनि शोमा उपस्थिति हुनेछ ।
शोमा पुनमले फेब्रिकलाई मोन्टाइज गरेका १२ वटा डिजाइन प्रदर्शन गरेकि थिईन । यो फेशन शोमा अन्तराष्ट्रिय मोडलसगै अन्तराष्ट्रिय सेलिब्रेटीको पनि विशेष उपस्थिति रहेका थियो ।
अव पेरिसपछि उनी दुबइमा फेशन शो गर्ने तयारी रहेको छ । अन्तर्रा्ष्ट्रिय फेशन शोमा आफ्नो सहभागिता उद्देश्यपरक रहेको र नेपालको उत्पादनलाई अन्तराष्ट्रिय स्तर सम्म चिनाउने मौका पाएको पुनम क्षेत्रीले बताईन । ‘भविष्यमा म नेपालमा फेशन कलेज र इनिष्टिच्यूट स्थापना गर्न चाहन्छु । त्यसका लागि विश्वमा फेशनको अवस्था के छ भनेर म अध्ययन गरिरहेकी छु,’ उनले भनिन् , ‘यूके, जापान, नर्वे, न्यूर्योकलगायतका धेरै देश घुम्दा त्यहाका जनताहरु नेपालबारे अनविज्ञ छन् । यो अवस्थामा म नेपाली संस्कृतिको फेशनमार्फत नै नेपालको बारेमा चिनाउन चाहन्छु ।’
पुनम आफ्नो संस्था पुनम इन्टरटेनमेन्टले एसएम ग्लोबलसग सहकार्य गर्दै दुई वर्षपछि नेपालमै अन्तर्रा्ष्ट्रिय वृहत फेशन शोको आयोजना गर्ने तयारीमा रहेको समेत जानकारी दिईन ।
प्रतिक्रिया दिनुहोस्