काठमाडौँ, २ असोज । कालिमाटी तरकारी बजारका ५२ स्टल खारेज भएका छन् । सरकारले कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बैठकले ती स्टलहरु खारेज गर्ने निर्णय गरेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले जानकारी दिए ।
बैठकले २५ वटा स्टललाई सफाइ दिने र सामान्य त्रुटी देखिएको १५ वटा स्टललाई खारेज नगरी थप कागजात माग गर्ने निर्णय गरेको छ । मन्त्रालयले गरेको अनुगमनका क्रममा तरकारी बजारको ९८ वटा स्टल रातो सूचीमा परेका थिए । तीमध्ये यसअघि नै ६ वटा खारेजीमा परिसकेका छन् । यसमध्ये चित्तबुझ्दो जवाफ नदिएका स्टल खारेज गरिएको मन्त्रालयले जनाएको छ । अनुगमनको क्रममा न्युनतम १०–१२ हजारदेखि २० हजारसम्म स्टल भाडा तोकिएकोमा यी मध्येका धेरैले ४ देखि ५ लाख रुपैयाँसम्म लिएरै अर्कैलाई पसल चलाउन दिएको भेटिएको थियो ।
प्रतिक्रिया दिनुहोस्