काठमाडौं, २ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय बुढानीलकण्ठ, काठमाडौंका नापी सर्वेक्षक सुरेन्द्रसिंह कुवँरलाई पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २५ हजार रुपैयाँ घुस रकमसहित नापीका सर्वेक्षक कुवँरलाई पक्राउ गरेको हो।
कुँवरले जग्गा हालसाविक गर्ने प्रयोजनका लागि आलटाल गरी विभिन्न बहाना बनाइ सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा गएको अख्तियारको टोलीले बुढानिलकण्ठ–७ हात्तीगौडास्थित कमर्सियल कम्प्लेक्सको कम्पाउण्डबाट सोमबार पक्राउ गरेको हो।
प्रतिक्रिया दिनुहोस्