ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनको माडीमा जंगली हात्तीको उपद्रो , स्थानीय त्रसित


एबीसी न्यूज
२ आश्विन २०७५, मंगलबार   ६ : ५०   बजे

 चितवन , २ असोज । दक्षिण चितवनको माडी क्षेत्रमा जंगली हात्तीले उपद्रो मच्चाउन थालेका छन् । पर्सा निकुञ्जबाट जङ्गली हात्तीको लस्कर आएर आतंक मच्चाउन थालेपछि यहाँका स्थानीयवासी त्रसित बन्न पुगेका छन् । माडी नगरपालिकाका मेयर ठाकुर ढकालले तीन साताअघिबाट माडी क्षेत्रमा पसेको जंगली हात्तीको बथानले स्थानीयवासी त्रसित भएको बताए । हात्तीले गएको शनिबार राति माडी नगरपालिका ७ गौरीनगरमा हात्तीको बथान पसेर धान खेती नष्ट गरेको उनले बताए ।

हात्ती रातको समयमा बस्तीमा पस्ने र दिनभर वन क्षेत्रमा बस्ने गरेको छ । हात्ती आतंकबारे चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकाल भन्छन्, ‘हात्ती लखेट्न हवाइ फायर, ट्याक्टरको आवाज र राँको बाल्ने, शङ्ख फुक्ने र होहल्ला गर्ने काम भइरहेको छ ।’ स्थानीयलाई सुरक्षाकर्मीले हात्ती लखेट्न सहयोग गरिरहेको उनको भनाइ छ । हालसम्म कुनै पनि मानवीय क्षति नभए पनि सम्भावित घटना हुन नदिन उच्च सावधानी अपनाउन सबैमा अपिल गरिएको ढकालले बताए ।

हात्तीको बथान बगइ हुँदै अन्य क्षेत्रमा पसेको छ । त्यस क्षेत्रमा करिब डेढ दर्जन हात्तीको बथान आएको स्थानीयले बताएका छन् । जसबाट दुई हात्ती छुट्टिएर सुखीभार क्षेत्रमा पुगेको ढकालले बताए । हरेक वर्ष धान पसाउने समयमा जङ्गली हात्ती बस्ती पस्ने गर्छ । धानसँगै घरमा भण्डारण गरिएको खाद्यान्न खाइदिने, घर भत्काउने, मानिसलाई समेत आक्रमण गर्ने गर्छ । अहिले हात्ती आएपछि स्थानीयवासीले रातमा सुत्न पाएका छैनन् । धान पाक्ने समयसम्म हात्तीले दुःख दिने स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय भेलाअघि स्वदेश फर्किँदै शेरबहादुर देउवा, साउन २९ अगावै नेपाल आइपुग्ने

मुन्दडाको घरमा ‘हेभी अपरेशन : प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयबाट आएको सूचनाका आधारमा छापा, द्योगीहरूको आपत्ति, एसपीसँग स्पष्टीकरण

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu