श्रीनगर, भारत, ५ असोज । भारत प्रशासित काश्मिरमा लडाकूहरुले अपहरण गरी लगेका तीन प्रहरीको हत्या गरिएको छ ।
स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा शुक्रबार यस्तो तनावपूर्ण घटना भएको समाचारमा जनाइएको छ ।
दशकौँदेखि हिंसा भइरहेको ठाउँमा पछिल्ला महिना हिंसाका घटना थप बढेको स्थानीय प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । त्यस्ता घटना धेरै प्रहरीतर्फ केन्द्रित भएका छन् ।
सन् १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएदेखि नै काश्मिरमा भारत र पाकिस्तानबीचको सीमानालगायतका बिषयलाई लिएर विवाद हुदै आएको छ । दुवै देशले काश्मिरलाई आफ्नो भूभाग भएको दावी गर्दै आएका छन् । काश्मिर क्षेत्रलाई नियन्त्रणमा लिनका लागि भारतले झण्डै पाँच लाख सुरक्षाकर्मी त्यस क्षेत्रमा खटाएको छ ।
प्रतिक्रिया दिनुहोस्