ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटन र कृषि र जलविद्युतबाट समृद्ध प्रदेश


एबीसी न्यूज
७ आश्विन २०७५, आइतबार   ६ : २७   बजे

बुटवल ,  ७ असोज । पर्यटन, कृषि र जलविद्युत्को उपयोगबाट नै मुलुकले समृद्धि हासिल गर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । त्यसका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गर्दै नीतिगत सुधार गर्नुपर्ने उनीहरुले बताए । नेपालको शिक्षित पुस्ता विदेशमा श्रम गरिरहेको भन्दै स्थानीय, प्रदेश र संघीय सरकारले शिक्षित युवाहरुलाई स्वदेशमै फर्काउन युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राख्दै पर्यटन, कृषि, पशुपालन र जलविद्युत्मा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने बताए ।

एबिसी टेलिभिजन प्रदेश व्युरो कार्यालय बुटवलले आयोजना गरेको समृद्ध नेपालका लागि प्रदेशको भुमिका विषयक अन्तत्र्रिmया बोल्नेहरुले उक्त कुरामा जोड दिएका हुन् । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक वसन्तराज खनालले प्राकृतिक स्रोत, साधनको उपभोग, पर्यटकीय गन्तव्यको प्रचार, प्रसार र अत्याधुनिक कृषिबाट समृद्ध नेपाल बन्न सक्ने बताए । प्रदेशभित्रका ऐतिहासिक, पुरातात्विक, मल्लकालीन, लिच्छिविकालीन सम्पदाहरुको संरक्षण गर्दै प्रचार प्रसार गर्न सकेमा विश्वको जनसंख्याको एक प्रतिशत मात्र पर्यटक नेपाल आएपनि पर्यटकबाटै समृद्ध मुलुक बन्न सक्ने बताए ।

कार्यपत्रमाथि टिप्पणी गर्दै प्रध्यापक बुद्धबहादुर थापाले स्रोतको परिचालन, सरकारको नियन्त्रण र क्षमता वृद्धि गरेमा समृद्धि हासिल गर्न सकिने बताए । कार्यक्रममा संवोधन गर्दै प्रदेश नम्बर पाँचका सभामुख पूर्णबहादुर घर्तीले प्रदेश संरचना नयाँ भएकोले केही अन्यौलता भए पनि प्रदेश अगाडि बढेको बताए । उनले प्रदेशसभाले धमाधम कानून बनाएको बताए । कार्यक्रममा प्रदेश नम्बर पाँचका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले प्रदेश पाँचमा पर्यटनको प्रचुर सम्भावना भएको बताए ।

नेपाली कांग्रेस प्रदेश नं. ५ की सचेतक निर्मला क्षेत्रीले दलहरु बीच सहकार्य गरेर विकास र समृद्धिको मुद्धामा एक भएर लाग्नुपर्ने बताइन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.प्रकाश श्रेष्ठले प्रदेश सरकारले योजनाहरु निर्माण गर्दा नीतिगत रुपमै ढिलासुस्ती हुने हुँदा पनि पुर्वधारको विकास नभएको भन्दै त्यसको सुधार आवश्यक रहेको बताए ।

बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उज्वल कसजूले निजी क्षेत्रलाई सरकारले प्रोत्साहन गर्ने सके नेपाली वस्तु बाहिर निर्यात गर्न सकिने बताए । रुपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारीले सरकारले उद्योग सञ्चालनको अनुमती दिँदा नै ६ महिना लगाउने भन्दै उद्योग स्थापना, त्यसको नियमन र नीतिगत सुधार गर्दै उद्योगीलाई प्रोत्साहन सरकारले गरे औद्योगिक विकासबाट पनि मुलुक समृद्धि बन्ने बताए । सरकारले औद्योगिक क्षेत्रको स्थापना गरेर भाडा उठाउने मात्र ध्यानमा लाग्नुभन्दा उद्योगीलाई व्यवस्थित गर्दै करको नियमन गर्नुपर्ने बताए ।

रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठले खुल्ला सिमानाका कारण भारतीय सामानहरु नेपाल भित्रिँदा नेपाली बस्तुहरुले प्रतिस्पर्धा गर्न नसक्ने भन्दै यसको नियमन जरुरी रहेको बताए । बाहिरी मुलुकबाट कच्चा पदार्थ ल्याएर उद्योग सञ्चालन गरेपनि राजश्व चुहावट हुँदै विना भन्सार वस्तु तथा सेवाहरु नेपाल भित्रिँदा पनि नेपाली उद्योगी व्यवसायीहरु धरापमा पर्ने गरेको बताए  ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group