ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले २ र कांग्रेस, माओवादी एक/एक स्थानमा विजयी


admin
१६ असार २०७४, शुक्रबार   १० : १९   बजे

काठमाडौ, १६ असार । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणनाको जारी छ ।
प्रदेश नम्बर १, ५, ७ अन्तर्गत ३५ जिल्लाका ३ सय ३४ तहमध्ये केही स्थानीय तह बाहेक सबै स्थानीय तहमा मतगणना भइरहेको छ । दोस्रो चरणको स्थानिय तहको निर्वाचनमा बिहिबार नै नेपाली कांग्रेसले बझाङका काँडा गाउँपालिकाबाट विजय सुरुवात गरेको छ । कांग्रेसका राजेन्द्र बोहोरा ३ सय ९४ मतका साथ गाउँपालिका अध्यक्ष निर्वाचित हुनु भएको छ । उपाध्यक्षमा पनि कांग्रेसकै कल्पना बोहोरा ३ सय ९४ मत सहित बिजयी हुनु भएको छ । बझाङकै मष्टा गाउ“पालिकामा भने एमाले विजयी भएको छ । एमालेका कर्णबहादुर कठायत अध्यक्षमा र भगवती बोेहरा उपाध्यक्षमा विजयी हुनु भएको छ । त्यस्तै, बाजुरको पाण्डपगुफा गाउ“पालिकामा पनि एमाले नै बिजयी भएको छ । एमालेका कालीबहादुर शाही १४५१ मत सहित अध्यक्षमा विजयी हुनु भएको छ भने उपाध्यक्षमा पनि एमालेकै ऐन गिरी १४९१ मत सहित विजयी हुनु भएको छ । महिलेसम्मको नतिजाको आधारमा नेकपा माओवादी केन्द्र समेत एक स्थानमा विजयी भएको छ । सोलुखुम्बुको लिखुपीके गाउ“पालिकामा माओवादीका डम्बरबहादुर वस्नेत ११३६ मत सहित अध्यक्षमा विजयी हुनु भएको छ भने उपाध्यक्षमा माओवादीकै सर्मिला वस्नेत १०४२ मत सहित विजयी हुनु भएको छ । मतगणना भएरहेको अधिकांस स्थानीय तहमा नेपाली कांग्रेसले अग्रता लिएको छ भने नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्रले तेस्रो स्थानमा अग्रता लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री संसदबाट टाढिँदा रास्वपा सांसद पनि उदासीन, गणपुरक नपुग्दा विधेयक रोकियो

बुबाको निधनपछि भावुक मेसी : ‘तपाईंविना कसरी अगाडि बढ्ने थाहा छैन’

सम्बन्धित

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu