काठमाडौँ, २२ भदौ । आज १४ औँ निजामती सेवा दिवस देशभर विविध मनाइँदैछ ।
‘निजामती सेवाको प्रतिबद्धता, पारदर्शिता र चुस्तता’ भन्ने मूलनारामा साथ दिवस देशभरि मनाउने गरिएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताउनुभयो ।
दिवसकै अवसरमा आज स्वास्थ्य मन्त्र ालयमा रक्तदान कार्यक्रम गरिँदैछ । बाढीपहिरोले यस वर्ष ठूलो धनजनको क्षति पु¥याएकाले यो वर्ष हर्सोल्लासका साथ दिवस नमनाइएको उहाँले जानकारी दिनुभयो ।
मन्त्रालयले एक हप्तादेखि वृक्षारोपण, सरसफाइजस्ता कार्यक्रम गर्दै आइरहेको छ । दिवस मनाउनका लागि मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।
नेपालमा २०६० सालदेखि निजामती दिवस मनाउँदै आइरहेको हो । नेपालमा करिब ८३ हजार निजामती कर्मचारी रहेका छन् । दिवसका अवसरमा आज देशभरका निजामती कर्मचारीलाई सार्वजनिक बिदा दिइएको छ ।
दिवसकै अवसरमा १० जनालाई उत्कृष्ट निजामती सेवा र ३० जनालाई निजामती सेवा पुरस्कार दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्