काठमाडौं,१२ असोज । पाहुना लाग्न गएका एक सरकारी कर्मचारीबाट पाच वर्षीया बालिका बलात्कृत भएकी छन्। दोलखा तामाकोसी गाउँपालिका ५ की बालीका आफ्नै छिमेकी ५२ वर्षीय सरकारी कर्मचारी कमल बजागाईबाट बलात्कृत भएकी हुन ।
पाहुना लाग्न गएका बजागाईले ती बालिकालाई भदौ २१ गते बलात्कार गरेका थिए। उनले बेलुकाको खाना खानेबेला बालिकालाई बलात्कार गरेको दोलखाका डिएसपी वासुदेव पाठकले जानकारी दिएका छन।
उनले बालीकाकी परिवारलाई गल्ती भयो क्षतिपूर्ति दिन्छु, उपचार गर्दिन्छुु भनेर फकाएका थिए। परिवार नमानेपछि उनी पस्किएको खाना खानै छाडेर फरार भएपछि प्रहरीलाई खबर गरिएको थियो।
बजगाई उनी काठमाडौं आएको जानकारी पाएपछि असईको कमान्डमा ३ जनाको टोली काठमाडौं परिचालन गरिएको डिएसपी पाठकले जानकारी दिए। बजगाईंलाई बिहीबारै दोलखा लगिएको छ। उनले आफूले बलात्कार गरेको स्विकार गरिसकेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्