काठमाडौं, १२ असोज । खानेपानी मन्त्री बिना मगर महात्मा गान्धी अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलनमा सहभागी हुन शुक्रबार भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ ।
महात्मा गान्धीको १५० औं जन्म जयन्तीको अवसरमा भारत सरकारले आयोजना गरेको चार दिने सम्मेलनमा भाग लिन नेपालको तर्फबाट खानेपानी मन्त्री त्यस तर्फ प्रस्थान गर्नुभएको हो ।
सम्मेलनमा खानेपानी मन्त्री सहित खानेपानी तथा ढल निकास विभागका उप महानिर्देशक सुनिलकुमार दास समेत सहभागी हुनु हुन्छ । उक्त सम्मेलनमा ८० देशका खानेपानी तथा सरसफाई मन्त्रीहरु सहभागी हुँदैछन् ।
सम्मेलनमा नेपालको तर्फबाट सरसफाईको क्षेत्रमा भईरहेको प्रगतिको बारेमा प्रस्तुति दिने कार्यक्रम रहेको छ । सम्मेलन भोलि शनिबार देखि भारतको राजधानी नयाँ दिल्लीमा सुरु हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्