ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोहिङ्ग्या शरणार्थीलाई चाँडै स्वदेश फर्काउ : प्रधानमन्त्री हसिना


एबीसी न्यूज
१२ आश्विन २०७५, शुक्रबार   १ : ००   बजे

एजेन्सी,१२ असोज । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले आफ्नो देशमा रहेका म्यान्मारका रोहिङ्ग्या शरणार्थीहरुलाई चाँडै स्वदेश फर्किने वातावरण बनाउन आग्रह गर्नुभएको छ ।

उहाँले संयुक्त राष्ट्रसंघको महासभामा म्यान्माली शरणार्थीहरुलाई जतिसक्दो चाँडै घर फर्काउने वातावरणका लागि धारणा राख्नुभएको न्युयोर्कबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

र्षदिन बितीसक्दा पनि म्यानमार पक्षबाट आफ्नो देशका नागरिकलाई स्वदेश फर्काउने बारेमा कुनै भरपर्दाे र दिगो रुपमा पहल नै नभएको भन्दै दुःख व्यक्त पनि गर्नुभएको बताइएको छ ।

उहाँले भन्नुभयो– म्यान्मार पनि हाम्रो छिमेकी नै हो र हामीले विगत लामो समयदेखि नै रोहिङ्ग्या शरणार्थीहरुलाई स्वदेश फिर्ता गर्नका लागि भरपर्दाे र शान्तिपूर्ण समाधान पनि खोजेका छौँ तर पनि त्यसो हुन सकिरहेको छैन ।

यसका लागि पहलहरु पनि नभएका होइनन् र करिब तीन पटकसम्म द्धिपक्षीय वार्ता पनि भएको छ तर ती वार्तापछि पनि शरणार्थी स्वदेश फर्काउने वातावरण भने बन्न सकिरहेको छैन– उहाँले भन्नुभयो ।

प्रधानमन्त्री हसिनाले यसअघि मौखिक रुपमा मात्र म्यान्माली अधिकारीहरुले शरणार्थीहरुलाई स्वदेश फर्काउनका लागि मौखिक सहमति मात्र गरेका छन् भन्दै अब भने लिखित सहमतिका साथ कहिलेदेखि उनीहरु स्वदेश फर्किन पाउने हुन् भन्ने बारेमा छिटो निष्कर्षमा पुग्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो– यो रोहिङ्ग्या समस्या म्यानमारबाट शुरु भएको हो र यसको समाधानको विकल्प खोज्ने पनि म्यान्मारमा नै हो, त्यसैले शान्तिपूर्ण रुपमा यसको समाधान जतिसक्दो चाँडै खोज्नुप¥यो ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सीका अनुसार बङ्गलादेशको म्यान्मारमा ७ लाख २० हजार रोहिङ्ग्या शरणार्थी पुगेका छन् । गत वर्षको अगष्ट २५ बाट उनीहरु म्यान्मार छोडेर बङ्गलादेश पुगेका हुन् ।

उनीहरुलाई म्यान्मारको सेनाले ज्यादति गरेर लखेटेको शरणार्थीहरुको भनाई छ । तर त्यो स्वीकार्न म्यान्मार सरकार तयार छैन ।

प्रधानमन्त्री हसिनाले उनीहरु अत्यन्तै अँध्यारो भविश्य लिएर त्यहाँ बसिरहेकोले उनीहरुको स्वदेश फिर्तीका लागि पनि विश्व समुदायसहित सबैले ध्यान दिनु जरुरी छ ।

ती शरणार्थीका बालबालिकामा कुपोषण भएको र महिलाहरुले पनि निकै कष्टपूर्ण जीवन बिताउनु परिरहेको बताएका छन् । उनीहरुले पाएका दुःखको समाचार निकै लामो समयदेखि आइरहेको भए पनि समस्या समाधानका लागि भने खासै ठोस पहल हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

इरानविरुद्ध सैन्य कारबाही गर्ने राष्ट्रपतिको अधिकारमाथि अङ्कुश लगाउने प्रश्ताव अमेरिकी सिनेटबाट पारित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group