सुनसरी,१३ असोज । सुनसरीमा औषधि अड्किएर एक युवतीको मृत्यु भएको छ । शुक्रबार दिउँसो इटहरी उप–महानगरपालिकाका सन्तोष सारु मगरकी श्रीमती २४ वर्षिय शान्ति मगरको ग्यास्टिकको आयुर्वेदिक औषधी सेवन गर्ने क्रममा घाँटीमा अड्किएर मृत्यु भएको हो ।
औषधि अड्किएपछि उनलाई तत्काल उपचारका लागि बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्