काठमाडौं,१३ असोज । डडेल्धुरामा पशुराम नगरपालिका ५ बस्ने एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ। १५ वर्षीया किशोरीलाई स्थानीय २ युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
असोज ९ गते राति अनन्ते मेलाबाट घर आउने क्रममा पशुराम २८ वर्षीय वीरबहादुर बोहरा र २३ वर्षीय शिवशंकर जोशीले सामूहिक बलात्कार गरेको हुन ।
उनीहरुमाथि शुक्रबार जाहेरी आएको जिल्ला प्रहरी डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए। किशोरीले घरपरिवारलाई ढिलो बताएकाले ३ दिनपछि मात्र प्रहरीमा जाहेरी आएको बताइएको छ ।
आरोपीमध्ये बोहरालाई प्रहरीले प्रक्राउ गरी जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा मुद्दा दर्ता गरिसकेको छ भने जोशी फरार छन्।
आरोपी बोहरा नेपाली कांग्रेस निकट तरुण दलको परशुराम नगर संयोजक रहेका छन ।
प्रक्राउ परेका बोहराको बारेमा थप अनुसन्धान गर्न जिल्ला अदालत डडेल्धुराले १० दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ । फरार जोशीको खोजीकार्य गरिरहेको प्रहरी निरीक्षक साउदले बताए।
प्रतिक्रिया दिनुहोस्